नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं ।

नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कुल ४२ दशमलव १०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।

नर्भिकको भदौ २६ गते शुक्रबार सम्पन्न छैटौं वार्षिक साधारणसभाले २० प्रतिशत बोनस सेयर र २२ दशमलव १०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसमेत) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

साधारणसभाले २० प्रतिशत बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीको २० प्रतिशत बराबरको सेयर बुक बिल्डिङ प्रक्रियामार्फत सर्वसाधारणका लागि निष्कासन गर्ने निर्णयसमेत गरेको छ। सो प्रक्रियाका लागि संस्थागत लगानीकर्तालाई वितरण गरिने विवरणपत्र स्वीकृत गर्ने लगायतका आवश्यक कामकारबाहीको अख्तियारी सञ्चालक समितिलाई प्रदान गरिएको छ।

अस्पतालको वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८२/८३ मा फार्मेसीबाहेक अस्पतालको कुल आम्दानी २ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी रहेको छ। सो अवधिमा कुल खर्च २ अर्ब ३६ करोड रुपैयाँ र खुद नाफा ४७ करोड रुपैयाँभन्दा बढी रहेको जनाइएको छ।

फार्मेसीसमेत समावेश गर्दा अस्पतालको कुल आम्दानी ३ अर्ब ४७ करोड रुपैयाँभन्दा बढी पुगेको छ। कुल खर्च २ अर्ब ९९ करोड रुपैयाँभन्दा बढी र खुद नाफा ४७ करोड ८५ लाख रुपैयाँभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ।

नर्भिकले आर्थिक वर्ष २०८२/८३ मा १ लाख ७९ हजारभन्दा बढी बिरामीलाई बहिरंग सेवा (ओपीडी) प्रदान गरेको जनाएको छ। यसैगरी ९ हजारभन्दा बढीले अन्तरंग सेवा (आईपीडी) र ६ हजारभन्दा बढीले आकस्मिक सेवा लिएका छन्।

अस्पतालले सो अवधिमा ४१ हजार सेवाग्राहीलाई अस्ट्रेलिया, बेलायत, जापान, न्युजिल्यान्ड तथा पपुवा न्युगिनीका लागि इमिग्रेसन हेल्थ स्क्रिनिङ सेवा प्रदान गरेको जनाएको छ।

नर्भिकले ४२.१०५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट कुल ४२ दशमलव १०५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।