चितवनमा चाङ्गानको नेभो क्यू ०५ सार्वजनिक हुँदै


चितवन।

चाङ्गानको नयाँ ऊर्जा सवारीसाधन (NEV) ब्रान्ड नेभोअन्तर्गतको प्रिमियम इलेक्ट्रिक एसयूभी Q05 आगामी साता चितवनमा सार्वजनिक हुने भएको छ।

चितवन क्षेत्रका लागि चाङ्गानको आधिकारिक डिलर राजहंस अटोमोबाइल प्रालिले Q05 सार्वजनिक गर्ने तयारी गरेको हो। सार्वजनिक गर्नुअघि ग्राहकले भदौ २९ देखि ३१ गतेसम्म भरतपुरस्थित दीपल चितवन शोरुममा गाडीको टेस्ट ड्राइभ गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार NEVO Q05 Ultra को मूल्य ५१ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। शहरी जीवनशैलीलाई लक्षित गरी तयार गरिएको Q05 मा कम्फर्ट, डिजाइन र आधुनिक प्रविधिलाई प्राथमिकता दिइएको छ।

Q05 मा ५१.९ kWh क्षमताको CATL Lithium-Iron-Phosphate (LFP) ब्याट्री प्रयोग गरिएको छ। चाङ्गानको Golden Shield 2.0 ब्याट्री प्रणालीसँग एकीकृत गरिएको उक्त ब्याट्रीले 3C फास्ट चार्जिङ सपोर्ट गर्ने र अधिकतम १६२ किलोवाट DC चार्जिङ क्षमता धान्ने कम्पनीको दाबी छ।

त्यस्तै, १२० किलोवाटको इलेक्ट्रिक मोटरबाट सञ्चालित Q05 ले NEDC परीक्षणअनुसार एकपटकको चार्जमा ४६२ किलोमिटरसम्म यात्रा गर्न सक्ने कम्पनीले जनाएको छ। यसको ऊर्जा खपत प्रति १०० किलोमिटर १२.९ kWh रहेको छ।

गाडीको ह्वीलबेस २ हजार ७३५ मिलिमिटर रहेको छ भने ५४० लिटरको बुट स्पेस उपलब्ध छ। पछाडिका सिटलाई आवश्यकता अनुसार ढल्काउन मिल्ने भएकाले यात्राका क्रममा थप सहजता हुने कम्पनीको भनाइ छ।

Q05 को डिजाइन चाङ्गानको ग्लोबल डिजाइन नेटवर्कअन्तर्गत विकास गरिएको हो। ३१ देश तथा क्षेत्रका ९१५ डिजाइन प्रोफेसनल संलग्न रहेको उक्त टोलीको नेतृत्व चाङ्गानका ग्लोबल डिजाइन भाइस प्रेसिडेन्ट तथा पूर्व Volkswagen Group डिजाइन प्रमुख Klaus Zyciora ले गरेका छन्। गाडीको डिजाइनले Golden A’ Design Award समेत प्राप्त गरिसकेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार Q05 ले अन्तर्राष्ट्रिय बजारमा पनि राम्रो बिक्री गरिरहेको छ। अगस्ट २०२६ को अन्त्यसम्म यसको कुल बिक्री १ लाख २५ हजार युनिटभन्दा बढी पुगेको र चीनमा लगातार चार महिनासम्म कम्प्याक्ट एसयूभी बिक्रीमा अग्रस्थानमा रहेको दाबी गरिएको छ।

नेपालमा चाङ्गान तथा यसका सब-ब्रान्ड Deepal, NEVO र AVATR को आधिकारिक डिलरका रूपमा MAW Vriddhi Autocorp Pvt. Ltd. ले काम गर्दै आएको छ। चितवनमा राजहंस अटोमोबाइल प्रालिले चाङ्गानको बिक्री तथा बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको छ।