रामेछापमा टाटा योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु


रामेछाप ।

रामेछापको मन्थली नगरपालिका-१ स्थित बिटारपार्क नजिकै भित्री सडक खण्डमा शुक्रवार साँझ गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

रामेछापबाट मन्थलीतर्फ आउँदै गरेको बा।प्र।०१(०२६ च ४९१३ नम्बरको टाटा योद्धा गाडी भदौ २६ गते साँझ करिब ७स्४५ बजे अनियन्त्रित भई सडकबाट करिब २५० मिटर तल सुकाजोर खोलामा खसेको थियो।

दुर्घटनामा परी दोलखा जिल्ला भीमेश्वर नगरपालिका-३ बस्ने २८ वर्षीय सन्जित तामाङ गम्भीर घाइते भएका थिए। उपचारका लागि तत्काल मन्थली अस्पताल रामेछाप पुर्‍याइएका तामाङलाई राति ९ :०३ बजे चिकित्सकले मृत घोषणा गरेका हुन्।

दुर्घटनामा मृतकका दाजु तथा गाडी चालक ३० वर्षीय प्रदीप लामा घाइते भएका छन्। उनको ढाडमा चोट लागेको र उपचारका लागी धुलिखेल अस्पताल पठाइएको रामेछापका प्रहरी प्रवक्ता कमल राउतले जानकारी दिए ।