काठमाडौं।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा तीन जना पदाधिकारी नियुक्त भएका छन् ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार प्रतिष्ठानको शिक्षाध्यक्षमा डा. रविराम श्रेष्ठ, रजिस्ट्रारमा डा. ममता भट्टराई कोइराला र डिनमा डा. विकास विक्रम सिंह अधिकारी नियुक्त हुनुभएको हो ।
नवनियुक्त तीनै जना पदाधिकारीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । नवनियुक्त पदाधिकारीले प्रतिष्ठानको शैक्षिक, प्रशासनिक तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै चिकित्सा शिक्षा, स्वास्थ्य सेवा र अनुसन्धानका क्षेत्रमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
न्याम्स देशकै प्रमुख चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रदायक संस्थामध्ये एक हो। प्रतिष्ठानअन्तर्गत वीर अस्पतालसहित विभिन्न शैक्षिक तथा स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।












प्रतिक्रिया