मेटलाइफका ग्राहकलाई सिवेक हस्पिटलमा १५ प्रतिशतसम्म छुट


काठमाडौँ।

मेटलाइफ नेपालले आफ्ना ग्राहकलाई स्वास्थ्य सेवामा थप सुविधा उपलब्ध गराउने उद्देश्यले सिवेक हस्पिटलसँग सहकार्य गरेको छ।

सहकार्यअनुसार ‘वान बाई मेटलाइफ’को डिजिटल लाइफ कार्ड भएका ग्राहक तथा उनीहरूका योग्य आश्रित परिवारका सदस्यले काठमाडौं र पोखरास्थित सिवेक हस्पिटलमा उपलब्ध केही डायग्नोस्टिक सेवामा विशेष छुट पाउने भएका छन्।

मेटलाइफका अनुसार योग्य ग्राहक तथा उनका आमाबुबा, पति वा पत्नी र छोराछोरीले इन–हाउस ल्याबोरेटरी सेवामा १० प्रतिशत, रेडियोलोजी सेवामा १० प्रतिशत र सीटी स्क्यान सेवामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

उक्त सुविधा लिन ग्राहकले ‘वान बाई मेटलाइफ’को डिजिटल लाइफ कार्ड प्रयोग गर्नुपर्नेछ। सहकार्यले ग्राहक तथा उनीहरूका परिवारलाई नियमित स्वास्थ्य परीक्षणदेखि आवश्यक डायग्नोस्टिक सेवासम्म सहज रूपमा पहुँच पुर्‍याउन सहयोग गर्ने मेटलाइफको भनाइ छ।

सिवेक हस्पिटल काठमाडौंको लाजिम्पाटमा मुख्य सुविधा रहेको स्वास्थ्य संस्था हो भने पोखरामा समेत यसले सेवा प्रदान गर्दै आएको छ। चार दशकभन्दा लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको सिवेक स्थानीय तथा अन्तर्राष्ट्रिय बिरामीका लागि स्वास्थ्य सेवा प्रदायकका रूपमा परिचित रहेको मेटलाइफले जनाएको छ।

मेटलाइफ नेपालले सन् २००१ देखि नेपालमा सञ्चालन हुँदै आएको जनाएको छ। कम्पनीले व्यक्तिगत तथा संस्थागत ग्राहकका लागि जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा र सामूहिक बीमालगायतका सेवा उपलब्ध गराउँदै आएको छ।