एनआईसी एशिया बैंकका ग्राहकलाई सुक्र हाउसमा २५ प्रतिशतसम्म छुट


काठमाडौँ।

एनआईसी एशिया बैंकका ग्राहकले पानीपोखरीस्थित सुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरमा विभिन्न स्वास्थ्यसम्बन्धी सेवामा २५ प्रतिशतसम्म छुट पाउने भएका छन्।

यससम्बन्धी समझदारीपत्रमा एनआईसी एशिया बैंक र सुक्र हाउस अफ डाइग्नोस्टिक एण्ड वेलनेस सेन्टरबीच सम्झौता भएको छ। सम्झौतामा बैंकका तर्फबाट ट्रान्जेक्सन बैंकिङ प्रमुख पुजन लाल अमात्य र सेन्टरका तर्फबाट चिफ अपरेटिङ अफिसर धन्धोज मल्ल ठकुरीले हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार बैंकका ग्राहकले सेन्टरबाट उपलब्ध हुने विभिन्न स्वास्थ्य परीक्षण तथा उपचारसम्बन्धी झन्डै तीन दर्जन सेवामा २५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ।

छुट सुविधा लिन ग्राहकले एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ सेवा (मोबैंक), डेबिट कार्ड वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्नुपर्नेछ।

बैंकका अनुसार स्वास्थ्य परीक्षण तथा अन्य सेवामा छुट उपलब्ध गराउने यो सहकार्यले ग्राहकलाई सेवा उपयोगमा सहजता प्रदान गर्नुका साथै डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न र नगदरहित कारोबार विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।