काठमाडौँ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा घर तथा व्यक्तिगत सवारीसाधन कर्जा योजना सार्वजनिक गरेको छ।
बैंकले ‘सजिलो घर कर्जा’ योजनाअन्तर्गत पाँच वर्षसम्मका लागि वार्षिक ५.९९ प्रतिशत ब्याजदर स्थिर रहने व्यवस्था गरेको जनाएको छ। त्यस्तै, व्यक्तिगत सवारीसाधन कर्जामा तीन वर्षसम्म ५.९९ प्रतिशत ब्याजदर स्थिर रहने बैंकले जानकारी दिएको छ।
स्थिर ब्याजदरको अवधि समाप्त भएपछि भने बैंकको प्रचलित औसत मासिक आधार दरमा १.५५ प्रतिशत प्रिमियम थप गरी ब्याजदर निर्धारण गरिने जनाइएको छ। कर्जा योजनामा सहभागी हुन इच्छुक ग्राहकले बैंकका नजिकका कुनै पनि शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।
बैंकका अनुसार पछिल्लो समय उसले विभिन्न ग्राहक समूहलाई लक्षित गर्दै नयाँ बैंकिङ सेवा तथा सुविधा विस्तार गर्दै आएको छ। फोनपेसँगको सहकार्यमा ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको बैंकले हालै नवयुवालाई लक्षित ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ तथा ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्मसमेत सञ्चालनमा ल्याएको जनाएको छ।
त्यसैगरी, फ्रिलान्सरलाई लक्षित ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ सुरु गरेको बैंकले मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सीआरएन नम्बर सेवा लिन सकिने सुविधा पनि उपलब्ध गराएको छ। अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने ‘क्रस बैंक टेलर’ सुविधा पनि सञ्चालनमा रहेको बैंकले जनाएको छ।
सिटिजन्स बैंकले देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाख ६४ हजार ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।
बैंकले ‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ अवार्ड प्राप्त गर्न सफल भएको समेत प्रेस विज्ञप्तिमार्फत जनाएको छ।












प्रतिक्रिया