रामेछाप ।
गत साउन १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएका रामेछापका नागरिकहरूको पहिचानका लागि प्रहरीले डीएनए परीक्षण प्रक्रिया अगाडि बढाएको छ। बाढी प्रभावित क्षेत्रमा फेला परेका मानव शव तथा शरीरका अंगहरूको सनाखत गर्नका लागि बेपत्ताका नजिकका आफन्तको रगतको नमुना संकलन गर्न लागिएको रामेछापका प्रहरी प्रमुख डिएसपि सन्तुलाल जैसवारले जानकारी दिनु भयो ।
जिल्ला प्रहरी कार्यालय रामेछापको समन्वय तथा मन्थली अस्पतालको प्राविधिक सहयोगमा यही भदौ २६ गते शुक्रबार बिहान १० बजेदेखि नमुना संकलन गरिने रामेछाप प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बेपत्ता व्यक्तिका सबैभन्दा नजिकका रगतका नाता ९फर्स्ट डिग्री रिलेटिभ० अर्थात् बुबा, आमा, छोरा वा छोरीमध्ये उपलब्ध एक जनाले आफ्नो ताजा रगतको नमुना ९ँचभकज द्ययियम क्बmउभि० उपलब्ध गराउनुपर्नेछ।
नमुना दिन आउने आफन्तले बेपत्ता व्यक्ति र आफ्नो नागरिकता वा परिचयपत्र, दुवैबीचको नाता प्रमाणित कागजात र २ प्रति पासपोर्ट साइजको फोटो लिएर आउन प्रहरीले आग्रह गरेको छ। डीएनए परीक्षणका लागि उपस्थित हुनुअघि जिल्ला प्रहरी कार्यालय रामेछापमा अग्रिम जानकारी गराउन भनिएको छ।












प्रतिक्रिया