काठमाडौँ ।
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा हैजा सङ्क्रमण रोकथामका लागि खोप पठाएको छ।
मन्त्रालयले आज नुवाकोटमा ८० हजार ५२३ डोज हैजाविरुद्धको खोपसहित १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग पठाएको जनाएको छ। यसअघि रसुवामा हेलिकप्टरमार्फत २१ हजार डोज खोप पठाइसकिएको छ।
रसुवामा यही बिहीबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ। बाढीका कारण खानेपानी तथा सरसफाइ प्रणाली प्रभावित हुँदा हैजा लगायत पानीजन्य रोगको जोखिम बढ्न सक्ने भएकाले प्रभावित क्षेत्रमा रोकथामलाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ।












प्रतिक्रिया