काठमाडौं ।
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी आइतबारदेखि स्वरोजगार लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गरेको छ।
काठमाडौंमा आयोजित कार्यक्रममा स्वरोजगार लघुवित्तका अध्यक्ष ज्ञानेन्द्र प्रसाद पाण्डे र विन नेपाल लघुवित्तका कार्यवाहक अध्यक्ष कुमार राज जोशीले संयुक्त रूपमा एकीकृत कारोबारको शुभारम्भ गरेका हुन्।
एकीकरणपछि संस्थाको चुक्ता पुँजी करिब ९७ करोड ९९ लाख रुपैयाँ पुगेको छ। संस्थाको शाखा संख्या ११२, सक्रिय सदस्य १ लाख ३२ हजारभन्दा बढी र कर्मचारी संख्या करिब ६१९ पुगेको छ।
त्यस्तै, एकीकृत संस्थाको कुल कर्जा लगानी करिब ११ अर्ब ७१ करोड रुपैयाँ तथा कुल बचत ५ अर्ब ८८ करोड रुपैयाँ पुगेको संस्थाले जनाएको छ। एकीकरणबाट संस्थाको पूँजीगत आधार, पहुँच र सञ्चालन क्षमता विस्तार भई ग्रामीण तथा विपन्न वर्गमा वित्तीय सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।












प्रतिक्रिया