भरतपुर अस्पतालमा भोलि ओपीडी सेवा बन्द

0
Shares

भरतपुर ।

‘जेनजी सहिद दिवस’का अवसरमा सरकारले सार्वजनिक बिदा दिएसँगै भरतपुर अस्पतालको बहिरङ्ग (ओपीडी) सेवा भोलि भदौ २३ गते बन्द हुने भएको छ।

अस्पताल प्रशासनले सूचना जारी गर्दै मन्त्रिपरिषद्को भदौ १८ गतेको निर्णयअनुसार सार्वजनिक बिदा परेकाले ओपीडी सेवा सञ्चालन नहुने जनाएको हो।

ओपीडी सेवा बन्द रहे पनि अस्पतालको आकस्मिक (इमर्जेन्सी) तथा अन्तरङ्ग (भर्ना) सेवा भने नियमितरूपमा सञ्चालन हुने अस्पतालले जनाएको छ। आकस्मिक उपचार आवश्यक पर्ने बिरामीले बिदाका कारण उपचार सेवाबाट वञ्चित हुनुनपर्ने अस्पताल प्रशासनले स्पष्ट पारेको छ।

नियमित स्वास्थ्य परीक्षण तथा उपचारका लागि ओपीडी आउने बिरामीलाई सार्वजनिक बिदाबारे जानकारी लिएर सोहीअनुसार स्वास्थ्य जाँच तथा उपचारको व्यवस्था मिलाउन अस्पताल प्रशासनले अनुरोध गरेको छ।