काठमाडौं।
डेभको इन्जिनियरिङ एन्ड बिल्डर्स प्रालिले आफ्नै जग्गा भएका तर सीमित बजेटमा आधुनिक घर निर्माण गर्न चाहने परिवारलाई लक्षित गर्दै ७७ लाख ७७ हजार रुपैयाँमा साढे दुईतले घर निर्माण गरिदिने योजना सार्वजनिक गरेको छ।
कम्पनीका अनुसार साढे तीन आना जग्गामा निर्माण गरिने उक्त घरमा निर्माण सामग्रीसहित डिजाइनदेखि फिनिसिङसम्मका काम समेटिनेछन्।
प्रस्तावित घरको भुइँतलामा एक बीएचके, पहिलो तलामा दुई बीएचके तथा दोस्रो तलामा दुई शयनकक्ष रहने कम्पनीले जनाएको छ। उपलब्ध जग्गाको अधिकतम उपयोग गर्दै परिवारको आवश्यकता र आधुनिक जीवनशैलीलाई ध्यानमा राखेर घरको डिजाइन तथा संरचना तयार गरिने बताइएको छ।
वास्तु परामर्शसहित डिजाइन
कम्पनीले घर निर्माण गर्दा वास्तु विशेषज्ञको परामर्शसमेत समेट्ने जनाएको छ। जग्गाको अवस्था, दिशा तथा परिवारको आवश्यकतालाई ध्यानमा राखेर बेडरुम, किचन, बैठक कोठा, शौचालय, पूजाकोठा, सिँढीलगायत संरचनाको स्थान निर्धारण गरिने कम्पनीको भनाइ छ।
वास्तु परामर्शलाई ग्राहकको आवश्यकताअनुसार घरको डिजाइनमा समायोजन गरिने बताइएको छ।
डिजाइनदेखि फिनिसिङसम्म एउटै सेवा
डेभकोको योजनामा घरको डिजाइन, संरचनात्मक काम, निर्माण सामग्री तथा फिनिसिङसम्बन्धी सेवा समेटिएको कम्पनीले जनाएको छ।
ग्राहकको जग्गाको अवस्था, पारिवारिक आवश्यकता र बजेटका आधारमा डिजाइन तथा निर्माण प्रक्रिया अघि बढाइने कम्पनीको दाबी छ।
दशैंअघि सम्झौता गर्नेलाई ३ लाखसम्मको मोड्युलर किचन निःशुल्क
कम्पनीले दशैंअघि घर निर्माणका लागि सम्झौता गर्ने ग्राहकलाई ३ लाख रुपैयाँसम्मको मोड्युलर किचन निःशुल्क उपलब्ध गराउने जनाएको छ।
कम्पनीका अनुसार विशेष दशैं अफरअन्तर्गत उपलब्ध गराइने उक्त सुविधाले ग्राहकलाई घर निर्माणको लागत व्यवस्थापनमा केही सहजता पुग्ने अपेक्षा गरिएको छ।
डेभको इन्जिनियरिङ एन्ड बिल्डर्सले सीमित बजेटमा आफ्नै जग्गामा आधुनिक तथा सुविधासम्पन्न घर बनाउन चाहने परिवारलाई लक्षित गरी योजना ल्याइएको जनाएको छ।
घर निर्माणमा इच्छुक ग्राहकले आफ्नो जग्गाको विवरणसहित कम्पनीमा सम्पर्क गरी डिजाइन, वास्तु परामर्श, लागत तथा निर्माण प्रक्रियाबारे जानकारी लिन सक्नेछन्।












प्रतिक्रिया