जाइको जे फाइभ प्रोमा सीमित अवधिको विशेष योजना, मूल्य ४७ लाख ९९ हजार


काठमाडौं ।

नाइमा मोबिलिटी एक्स्पो २०२६ मा ग्राहकबाट प्राप्त उत्साहजनक प्रतिक्रिया र बढ्दो मागलाई ध्यानमा राख्दै नेपालमा ओमोडा र जाइको सवारीसाधनको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले जाइको जे फाइभ प्रोका लागि विशेष योजना सार्वजनिक गरेको छ। सीमित अवधिका लागि लागू हुने यस योजनाअन्तर्गत पहिलो १०० ग्राहकले जाइको जे फाइभ प्रो ४७ लाख ९९ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन्।

गत अगस्ट ११ देखि १६ सम्म आयोजना भएको नाइमा मोबिलिटी एक्स्पो २०२६ मा जाइको जे फाइभ प्रोप्रति ग्राहकको उल्लेखनीय चासो देखिएको कम्पनीले जनाएको छ। ग्राहकको माग र उत्साहलाई सम्बोधन गर्दै कम्पनीले नाडा विशेष योजना ल्याएको हो।

कम्पनीका अनुसार नाइमा मोबिलिटी एक्स्पोका क्रममा जाइको जे फाइभ प्रो बुकिङ गरिसकेका ग्राहकले पनि यही विशेष मूल्यको सुविधा पाउनेछन्। ग्राहकको विश्वासलाई सम्मान गर्दै यसअघि बुकिङ गरेका ग्राहकलाई समेत योजनामा समेटिएको कम्पनीले जनाएको छ।

थाइल्यान्ड र इन्डोनेसियामा लोकप्रिय विद्युतीय एसयूभी

जाइको जे फाइभले अन्तर्राष्ट्रिय बजारमा समेत उल्लेखनीय सफलता हासिल गरेको कम्पनीको दाबी छ। यो थाइल्यान्ड र इन्डोनेसियामा सबैभन्दा बढी बिक्री हुने विद्युतीय एसयूभीका रूपमा स्थापित भएको कम्पनीले जनाएको छ।

नेपाली बजारका लागि उपलब्ध जाइको जे फाइभ प्रोमा १५५ किलोवाट क्षमताको विद्युतीय मोटर रहेको छ। उक्त मोटरले २८८ एनएम टर्क उत्पादन गर्ने कम्पनीले जनाएको छ।

१८५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्सले विभिन्न सडक अवस्थाका लागि सहजता प्रदान गर्ने तथा फुल-साइज स्पेयर टायरले यात्राका क्रममा थप व्यावहारिकता र सुविधा दिने कम्पनीको भनाइ छ।

जाइको जे फाइभ प्रोमा ५०.७ किलोवाट घण्टा क्षमताको ब्याट्री रहेको छ। यसमा १९ भन्दा बढी उन्नत चालक सहायता तथा सुरक्षा प्रणाली, प्यानोरामिक मुनरुफ र ४८० लिटर क्षमताको बुटस्पेसलगायतका सुविधा उपलब्ध छन्।

११ वर्षसम्मको वारेन्टी

ग्राहकलाई दीर्घकालीन स्वामित्वको सुविधा प्रदान गर्ने उद्देश्यले जाइको जे फाइभ प्रोमा ११ वर्ष वा २ लाख ४० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

शक्तिशाली विद्युतीय मोटर, उच्च ग्राउन्ड क्लियरेन्स, उन्नत प्रविधि, सुरक्षा सुविधा, ठूलो बुटस्पेस तथा लामो अवधिको वारेन्टीका कारण जाइको जे फाइभ प्रो नेपाली बजारमा प्रिमियम विद्युतीय एसयूभी खोज्ने ग्राहकका लागि आकर्षक विकल्प बन्ने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार ४७ लाख ९९ हजार रुपैयाँको नाडा विशेष योजना सीमित अवधिका लागि पहिलो १०० ग्राहकमा मात्र लागू हुनेछ। योजना लागू हुने अवधि तथा अन्य सर्तहरू कम्पनीको प्रचलित नीति तथा नियमअनुसार हुने जनाइएको छ।