नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जामा विशेष छुट


काठमाडौं ।

महालक्ष्मी विकास बैंकले काठमाडौंको भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६ मा सहभागिता जनाएको छ। बैंकले भदौ ९ गतेदेखि भदौ १४ गतेसम्म सञ्चालन हुने अटो शोमा सवारीसाधन खरिद गर्न चाहने ग्राहकलाई कर्जासम्बन्धी परामर्श, सहजीकरण तथा समन्वय सेवा उपलब्ध गराउने जनाएको छ।

बैंकका अनुसार अटो शोको अवसरमा आकर्षक ब्याजदरमा सवारी कर्जा उपलब्ध गराइनुका साथै प्रशासनिक शुल्कमा समेत विशेष छुट प्रदान गरिनेछ। भदौ महिनाका लागि बैंकको आधार दर ५.६४ प्रतिशत कायम रहेको जनाउँदै बैंकले यसको प्रत्यक्ष लाभ सवारी कर्जा लिने ग्राहकले लिन सक्ने जनाएको छ।

महालक्ष्मी विकास बैंकमार्फत सवारी कर्जा लिन इच्छुक ग्राहकले अटो शोको हल नम्बर ४ मा रहेको बैंकको स्टलमा सम्पर्क गर्न सक्नेछन्। बैंकले विद्युतीय तथा अन्य निजी र व्यावसायिक सवारीसाधन खरिद गर्न चाहने ग्राहकका लागि सहज, सरल र प्रतिस्पर्धी वित्तीय सेवा उपलब्ध गराउने जनाएको छ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा हरेक वर्ष हुँदै आएको नाडा अटो शोमा महालक्ष्मी विकास बैंकले विकास बैंकहरूमध्येबाट नियमित रूपमा सहभागिता जनाउँदै आएको छ।

गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौंको ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हबसमेत सञ्चालनमा ल्याएको जनाएको छ।