काठमाडौं।
मञ्जुश्री फाइनान्स लिमिटेडका ग्राहकले स्टार क्याफे एण्ड ब्यान्क्वेट प्रालिमा सेवा लिँदा विशेष छुट पाउने भएका छन्। यससम्बन्धी सुविधा उपलब्ध गराउन मञ्जुश्री फाइनान्स र स्टार क्याफे एण्ड ब्यान्क्वेटबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ।
सम्झौताअनुसार मञ्जुश्री फाइनान्सका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले स्टार क्याफे एण्ड ब्यान्क्वेटमा उपलब्ध विभिन्न सेवा लिँदा छुट प्राप्त गर्नेछन्।
खानपान तथा पेय पदार्थमा ग्राहकले ८ प्रतिशतसम्म छुट पाउनेछन् भने क्याबिन बुकिङमा १० प्रतिशत छुट उपलब्ध हुने फाइनान्सले जनाएको छ।
यो सुविधा लिन ग्राहकले बिल भुक्तानीका क्रममा मञ्जुश्री फाइनान्सको डेबिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरेको पुष्टि गर्नुपर्नेछ।
फाइनान्सका ग्राहकलाई डिजिटल कारोबारतर्फ प्रोत्साहित गर्नुका साथै थप सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले सहकार्य गरिएको कम्पनीले जनाएको छ।
मञ्जुश्री फाइनान्सले आगामी दिनमा पनि ग्राहकको हितलाई ध्यानमा राख्दै यस्ता विभिन्न संस्थासँग सहकार्यलाई निरन्तरता दिने जनाएको छ।











प्रतिक्रिया