काठमाडौं।
चाडपर्वको अवसरलाई लक्षित गर्दै जस्मिन पेन्ट्सप्रालिले उपभोक्ताका लागि विशेष प्रवर्द्धनात्मक योजना सार्वजनिक गरेको छ। ‘चाडपर्वको उमङ्ग, लण्डन घुमौँ जस्मिन पेन्ट्ससँग!’ नाम दिइएको योजनाअन्तर्गत जस्मिन पेन्ट्सका उत्पादन खरिद गर्ने उपभोक्ताले विभिन्न आकर्षक उपहारसँगै लक्की ड्रमार्फत लण्डन भ्रमण जित्ने अवसर पाउनेछन्।
कम्पनीका अनुसार योजना भदौ १ गतेदेखि कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ। योजनामा सहभागी हुन जस्मिन पेन्ट्सका आधिकारिक डिलर वा विक्रेतामार्फत न्यूनतम ७५ हजार रुपैयाँ बराबरका उत्पादन खरिद गर्नुपर्नेछ। प्रत्येक ७५ हजार रुपैयाँको खरिदमा उपभोक्ताले एउटा लक्की ड्र कुपन प्राप्त गर्नेछन्।
लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेताले ४ रात/५ दिनको लण्डन भ्रमण जित्नेछन्। त्यस्तै, ५ जनाले ८ केजी फ्रन्ट लोडिङ अटोमेटिक वासिङ मेसिन, ३५ जनाले ३ लिटरको इलेक्ट्रिक प्रेसर कुकर, १२५ जनाले ३ जार मिक्सर ग्राइन्डर, १७५ जनाले हट वाटर केटल र ७५० जनाले आकर्षक वाल क्लक प्राप्त गर्ने कम्पनीले जनाएको छ।
योजनामा सहभागी हुन उपभोक्ताले खरिद गरेको पसलबाट कुपन लिएर त्यसमा रहेको क्यूआर कोड स्क्यान गरी आवश्यक विवरण भर्नुपर्नेछ। लक्की ड्रबाट विजेता घोषित भएपछि उपहार प्राप्त गर्न सक्कल कुपन र आधिकारिक परिचयपत्रसहित कम्पनीका प्रतिनिधिसँग सम्पर्क गर्नुपर्नेछ। विजेताले घोषणा भएको मितिले १५ दिनभित्र उपहार दाबी गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।
कम्पनीका अनुसार लक्की ड्रमार्फत विजेताको घोषणा प्रत्यक्ष प्रसारणबाट गरिनेछ। उपहारमा नेपाल सरकारको प्रचलित नियमअनुसार कर कट्टी गरिनेछ। योजनासम्बन्धी कुनै विवाद वा द्विविधा उत्पन्न भएमा अन्तिम निर्णय गर्ने अधिकार कम्पनीमा रहने जनाइएको छ।
कम्पनीले ‘नेपाली मनको रङ्ग’ भन्ने भावनालाई आत्मसात् गर्दै नेपाली परिवारको खुसी, चाडपर्वको उमङ्ग र घरको नयाँपनसँग जोडिने उद्देश्यले योजना ल्याइएको जनाएको छ।
योजनासम्बन्धी थप जानकारीका लागि कम्पनीको टोल फ्री नम्बर ९८०१५७११६६ मा सम्पर्क गर्न सकिनेछ।











प्रतिक्रिया