परिचय
नेपालको यातायात क्षेत्रमा अनलाइन बुकिङ प्रणालीको विकासले यात्रा अनुभवमा उल्लेखनीय परिवर्तन ल्याएको छ। मोबाइल एप र वेब प्लेटफर्ममार्फत बस टिकट आरक्षणदेखि सवारी-साझेदार सेवाहरूसम्म, डिजिटल क्रान्तिले सुविधा र पारदर्शिताको वाचा गरेको छ। यधपी, यस प्रविधिको कार्यान्वयनले अनेक समस्याहरू पनि सतहमा ल्याएको छ। यस लेखले नेपालको यातायात क्षेत्रमा अनलाइन बुकिङको वर्तमान अवस्था, प्रमुख चुनौतीहरू, समाधानका उपायहरू, र नयाँ प्लेटफर्मको रुपमा ‘इयात्री’को प्रवेश हुनुको अवस्थाको विश्लेषण गर्दछ।
वर्तमान अवस्था
नेपालमा इन्टरनेट पहुँच र स्मार्टफोन प्रयोगकर्ताको संख्या बढ्दै गएको सन्दर्भमा अनलाइन बुकिङ पनि उल्लेखनीय रूपमा बढिरहेको छ। निजी क्षेत्रको सक्रिय सहभागिताले यसको विकासलाई तीव्रता दिएको छ। गोंगबुको नयाँ बसपार्कले सबै ४७ टिकट काउन्टरहरूलाई अनलाइन प्रणालीमा जोडेको छ। यी प्लेटफर्महरूले वास्तविक समय सिट उपलब्धता, सिट चयन, भाडा तुलना, र तुरुन्त इटिकट जस्ता सुविधाहरू प्रदान गर्छन्।
नेपाल सरकारले २०७७ सालमा ‘अनलाइन टिकटिङ अनुगमन प्रणाली ‘(OTMS)’ घोषणा गरेको थियो। यसको उद्देश्य लामो दूरीको सार्वजनिक यातायातलाई डिजिटल प्रणालीमा एकीकृत गरी पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउनु थियो। पर्यटन बसमा यो प्रणाली लागु भएता पनि लामो दुरीका बसहरुमा हाल सम्म कार्यान्वन हुने सकेको छैन। नेपालको हवाई यातायात पूर्ण रूपमा अनलाइन भइसकेको छ। तथापि, लामो दूरीको बस यातायातमा यात्रु संख्याको आधिकारिक डाटा नहुँदा यो क्षेत्र अझै ग्राहक(अनुकूल बन्न सकेको छैन।
सन् २०२४ सेप्टेम्बरमा ‘द राइजिङ नेपाल’मा प्रकाशित समाचार अनुसार, दैनिक ४२,००० भन्दा बढी टिकट अनलाइन खरिद गर्न सकिन्छ। हाल बजारमा रहेका प्लेटफर्महरूले ७५ जिल्लामा ६०० रुटमा सेवा प्रदान गर्छन् र करिब ५०० बस कम्पनीहरू अनलाइन प्रणालीसँग आब्बध छन्। तथापि, हाल १५५ मात्र डिजिटल भुक्तानी भइरहेकोले अफलाइन बुकिङको बजार हिस्सा करिब ९७५ रहेको देखिन्छ।
हालै सरकारले ‘सुरक्षित तथा प्रविधिमैत्री सवारी सञ्चालनसम्बन्धी मापदण्ड, २०८३’ जारी गरेको छ। यसले सबै सवारी साधनमा GPS, CCTV, ड्यास क्याम, र AI(आधारित प्रणालीहरू अनिवार्य गरेको छ। यो मापदण्ड डिजिटल यात्राको लागि महत्वपूर्ण आधार हो।
समस्याहरू र चुनौतीहरू
अनलाइन बुकिङले सुविधा प्रदान गरिरहे पनि यो क्षेत्र अझै धेरै चुनौतीहरूले भरिएको छ। जस्तो कि, पहिलो, डिजिटल पूर्वाधार र विश्वसनीय भुक्तानी प्रणालीको अभाव छ। १५५ मात्र डिजिटल भुक्तानी हुनुले बैंकिङ पहुँच, इन्टरनेटको गुणस्तर र साइबर सुरक्षामा गम्भीर कमजोरी देखाउँछ। दुर्गम क्षेत्रमा नेटवर्क नपुग्नु र क्यूआर भुक्तानीमा प्राविधिक समस्या हुनुले यात्रुहरूलाई नगद भुक्तानीमा फर्किन बाध्य पार्छ।
दोस्रो, नियामक अस्पष्टता र बस कम्पनीहरूको मनमानी हो। OTMS को पूर्ण कार्यान्वयन नहुँदा चाडपर्वमा बस कम्पनीहरूले एकतर्फी राउण्ड ट्रिपको बाध्यता, मनमानी भाडा वृद्धि र गलत बोर्डिंग पोइन्ट (चढ्ने स्थान) दिने गर्छन्। प्रवर्द्धित सुविधाहरू (जस्तै फ्री वाइफाइ) वास्तविकतामा नहुनु, प्रिमियम टिकट बेची साधारण बसमा डाउनग्रेड गर्नु र दुर्घटनापछि सेवा अनिश्चितताले यात्रुको विश्वास गुमाएको छ।
तेस्रो, भौतिक पूर्वाधार (सडक, बसपार्क) र सुरक्षा मापदण्डको कमजोरीले पनि अनलाइन टिकटको प्रभावकारितालाई घटाएको छ। प्रणालीगत त्रुटिहरू,जस्तै रकम कट्टा भई टिकट नपाउने र ग्राहक सेवाको अभावले यात्रुहरूलाई निराश बनाएको छ।
चौथो, यातायात क्षेत्रमा नियम र मापदण्डको अभावले मूल्य निर्धारण, सेवा गुणस्तर र यात्रु सुरक्षामा विसंगति सिर्जना गरेको छ। चाडपर्वको चाप व्यवस्थापन गर्न नसक्नुले पनि समस्या थपेको छ।
समाधानका उपायहरू
यी समस्याको समाधानका लागि प्रविधि, नियमन र पूर्वाधारमा एकीकृत प्रयास आवश्यक छ। प्रमुख उपायहरू निम्न छन् :
१, अनिवार्य र पारदर्शी नियमनस् : OTMS को पूर्ण कार्यान्वयन गरी सबै लामो दूरीका बसहरूलाई अनलाइन प्रणालीमा अनिवार्य गर्ने।
२, निष्पक्ष मूल्य निर्धारणस् चाडपर्वमा पनि भाडा वृद्धिमा स्वचालित सीमा निर्धारण गर्ने र मागमा अशारित पारदर्शी मूल्य प्रणाली विकास गर्ने। यस्तो मुल्य प्रणाली पठाओं, इनड्राईभ आदिमा लागु भएको छ ।
३, सूचना प्रणाली सुधारस् चढ्ने स्थान, सवारी प्रकार र सेवा सुविधाको सही जानकारी दिने र परिवर्तन भएमा एसएमएसरइमेलमार्फत सूचित गर्ने।
४, डिजिटल भुक्तानी र पूर्वाधारस् सबै अनलाइन प्लेटफर्मलाई सुरक्षित र द्रुत डिजिटल भुक्तानी प्रणालीसँग एकीकृत गर्ने।
५, सार्वजनिक-निजी साझेदारी: पूर्वाधार विकास, डिजिटल साक्षरता, र साइबर सुरक्षामा सहकार्य गर्ने।
६, एकीकरण र सुरक्षास् सुरक्षा उपकरणको अनिवार्य प्रयोग, प्रभावकारी अनुगमन, र अनलाइन बुकिङ प्रणालीसँग जडान गर्ने।
यी उपायहरू कार्यान्वयन भए मात्र अनलाइन बुकिङले यात्रुको विश्वास जित्न सक्छ।
‘इयात्री’को प्रवेश
नेपालको अनलाइन बुकिङ बजार विस्तार भइरहेको छ।छ। BusSewa, GoMygo, Tourist Bus Nepal, र Sajilo Yatra जस्ता प्लेटफर्महरूले सेवा दिइरहेका छन्। यसै सन्दर्भमा, डिजिटल ट्राभल प्रालिलेइयात्री ब्रान्ड अन्तर्गत आफ्नो अनलाइन प्लेटफर्म सुरु गर्दैछ।इयात्री नेपालको पहिलो बहु-सुविधायुक्त अनलाइन बुकिङ सेवा हुनेछ। यसले लामो दूरीका सवारी र उडानको टिकट बुकिङ, होटलरहोमस्टे बुकिङ, भिसा सहायता, र पर्यटन प्याकेजहरू एकीकृत गर्ने योजना बनाएको छ।
यसका प्रमुख विशेषताहरू:
-२४र ७ पहुँचसहित सुरक्षित र द्रुत बुकिङ प्रणाली
-प्रत्येक बसमा न्एक् र ऋऋत्ख् जडान गरी वास्तविक(समय ट्र्याकिङ
-प्रत्यक्ष भुक्तानी बस कम्पनीलाई, जसले सुरक्षा सुनिश्चित गर्छ
-सञ्चालकहरूको लागि ड्यासबोर्ड र बुकिङ व्यवस्थापन उपकरण
-अवस्थित टिकट काउन्टरहरूलाई एकीकृत गरी क्यासब्याक प्रोत्साहन
-डाटा-संचालित विश्लेषण जसले सरकार र सञ्चालकलाई योजना बनाउन मद्दत गर्छ
-भविष्य-तयार र स्केलेबल प्रविधि
इयात्रीको दीर्घकालीन दृष्टिकोण यातायात, पर्यटन, आवास र गतिविधिहरूलाई एउटै प्लेटफर्ममा ल्याई व्यापक यात्रा इकोसिस्टम सिर्जना गर्नु हो। यसले नेपाललाई डिजिटल यात्रा हब बनाउने, पेपरलेस र सुरक्षित यात्रा सुनिश्चित गर्ने र मुख्य फोकस ‘ग्राहक सन्तुष्टि’ मा केन्द्रित छ।
निष्कर्ष
अनलाइन बुकिङमार्फत नेपालको यातायात क्षेत्रको डिजिटल रूपान्तरणले ठूलो सम्भावना बोकेको छ।BusSewa, GoMygo, र नयाँ ‘इयात्री’ जस्ता प्लेटफर्महरूले सुविधा र पारदर्शिता ल्याए पनि पूर्ण डिजिटलाइजेसनको यात्रा चुनौतीपूर्ण छ। बढ्दो डिजिटल पूर्वाधारको बावजुद ९७५ बुकिङ अझै अफलाइन हुनुले नीति र कार्यान्वयनबीचको खाडल देखाउँछ। चुनौतीहरू बहुआयामिक छन्। अविश्वसनीय भुक्तानी, दुर्गम क्षेत्रमा कमजोर इन्टरनेट, नियामक अस्पष्टता, मनमानी मूल्य निर्धारण, र प्रणालीगत सेवा विफलताहरू। सरकारको ‘सुरक्षित तथा प्रविधिमैत्री मापदण्ड’ प्रशंसनीय भए पनि, उद्देश्यपूर्ण कार्यान्वयन, कठोर अनुगमन र अनलाइन प्रणालीसँग एकीकरण नभएसम्म यो कागजमा मात्र सीमित हुने जोखिम छ। ‘इयात्री’ को प्रवेशले नवीन आशा ल्याएको छ। यसको बहु-सुविधायुक्त प्लेटफर्म, वास्तविक(समय ट्र्याकिङ, सुरक्षित भुक्तानी, र पर्यटन सेवासँगको एकीकरणले अवस्थित अन्तरहरू पूरा गर्न सक्छ। परम्परागत टिकट काउन्टरलाई विस्थापित नगरी सशक्त बनाउने यसको दृष्टिकोण दिगो रूपान्तरणको उदाहरण हो। तथापि, प्रविधि मात्रले संरचनात्मक समस्या समाधान गर्दैन। सबै सरोकारवालाको समन्वय आवश्यक छ—सरकारले OTMS को पूर्ण कार्यान्वयन, पारदर्शी नियमन र डिजिटल पूर्वाधारमा लगानी गर्नुपर्छस निजी क्षेत्रले ग्राहक सेवा, मूल्य पारदर्शिता र सेवा गुणस्तर कायम राख्नुपर्छ।
अन्त्यमा, नेपालको यातायात क्षेत्रमा अनलाइन बुकिङको सफलता ‘विश्वास’ मा निर्भर छ। डिजिटल भुक्तानीमा विश्वास, सेवा गुणस्तरमा विश्वास, सुरक्षा उपायमा विश्वास, र प्रणालीले वाचा गरेअनुसार नै प्रदान गर्छ भन्ने विश्वास। जब मात्र यात्रुहरूले निरन्तर विश्वसनीयता, पारदर्शिता र उत्तरदायित्व अनुभव गर्छन्, तब मात्र ठूलो संख्यामा यात्रुहरू अफलाइनबाट अनलाइन बुकिङमा सर्नेछन्।
( लेखक डिजिटल यात्रा प्रालि, “इयात्री” का व्यवसाय विकास प्रमुख हुनु हुन्छ )











प्रतिक्रिया