नेपाली फिल्ममा दुई नायिकाबीचको टकरावलाई केन्द्रमा राखेर एक्सन कथा प्रस्तुत गर्ने तयारी गरिएको छ। फिल्म एक्का तीनमा पूजा शर्मा र कविता नेपाली आमनेसामने हुने भएका छन्। फिल्मको लुक्स सार्वजनिक गर्दै निर्माण टिमले यी दुई अभिनेत्रीबीचको भिडन्तको संकेत दिएको हो।
भदौको तेस्रो साताबाट छायाकनमा जाने तयारीमा रहेको फिल्मको सार्वजनिक लुक्समा पूजा शर्मा र मोडल तथा नायिका कविता नेपालीलाई एङ्ग्र्री अवतारमा प्रस्तुत गरिएको छ। एउटै पोस्टरमा दुवैको आक्रामक हाउभाउ र आमनेसामनेको भावले फिल्ममा उनीहरूबीच कस्तो सम्बन्ध र द्वन्द्व हुनेछ भन्ने कौतुहलता बढाएको छ।
जुना फिल्मस्को प्रस्तुतिमा बन्न लागेको फिल्म एक्सन जनरामा आधारित हुनेछ। निर्माण टिमले फिल्ममा दुई नायिकाबीचको लडाइ“लाई कथाको महत्वपूर्ण पक्षका रूपमा अघि सारेको छ। पूजा र कविताको टकरावलाई फिल्मको प्रमुख आकर्षण बनाउने तयारी निर्माण पक्षको छ। दुई मुख्य नायिकाको लुक्स सार्वजनिक गरिए पनि पुरुष पात्रको परिचय गोप्य राखिएपछि फिल्मको कथालाई लिएर थप जिज्ञासा पैदा भएको छ।
रुपेश तामाङको निर्देशनमा बन्न लागेको फिल्मको कथा तथा लेखन सुमन गजमेरको हुनेछ। रामकृष्ण खरेल र अनुप गडालले फिल्ममा लगानी गर्नेछन्।
पूजा शर्मा र कविता नेपाली पहिलोपटक एकअर्काको विपक्षमा उभिएको एक्सन अवतारमा देखिन लागेकाले एक्का तीन उनीहरूको टकरावका कारण चर्चामा आउने











प्रतिक्रिया