काठमाडौं ।
एभरेष्ट बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा पाल्पाको तानसेन–७ स्थित लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडको परिसरमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ।
बैंकले २०८३ साल भाद्र १ गतेदेखि उक्त एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको हो। नयाँ काउण्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन काउण्टरको संख्या पाँच पुगेको बैंकले जनाएको छ।
नयाँ एक्सटेन्सन काउण्टरमार्फत पाल्पाका स्थानीय बासिन्दाले अत्याधुनिक, सरल तथा सहज बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकको विश्वास छ।
ग्राहकको आवश्यकता र पहुँचलाई प्राथमिकतामा राख्दै बैंकले आफ्नो सेवा विस्तारलाई निरन्तरता दिँदै आएको जनाएको छ। पाल्पामा नयाँ काउण्टर सञ्चालनसँगै यस क्षेत्रका सेवाग्राहीलाई बैंकिङ कारोबारका लागि थप सहजता हुने अपेक्षा गरिएको छ।











प्रतिक्रिया