गायिका उषाका दुई खुशी

0
Shares

दोलखा ।

उषा गजुरेल साङ्गीतिक क्षेत्रको परिचित नाम हो । उनले दर्जनौँ म्युजिक भिडियोमा स्वर तथा संगीत दिएकी छन् । उनको पछिल्लो म्युजिक भिडियो ‘पप्पी देऊ न’ निकै चर्चित बनेको थियो । भर्खरै नयाँ तीज गीत ‘रातो चुरा, रातै सारी’ बजारमा ल्याएकी उषालाई यो गीतको लोकप्रियताले उत्साहित बनाएको छ ।
दोलखाको बैतेश्वर गाउँपालिकास्थित मैनापोखरी घर भएकी उषालाई यति बेला दुई कारणले निकै खुशी मिलेको छ । पहिलो– नयाँ सन्तान प्राप्तिको खुशी र दोस्रो– तीज गीतको लोकप्रियता । शब्द र संगीतसमेत आफैँले तयार पारेको उषाको यो गीत छोटो समयमै लोकप्रिय बनेपछि उनी उत्साहित भएकी हुन् ।

‘रातो चुरा, रातै सारी’ तीजको उत्सवमा आधारित गीत मात्र नभई नेपाली नारीको प्रेम, संस्कार, आत्मविश्वास, मातृत्व र संघर्षको कथासमेत हो– गायिका उषा गजुरेल भन्छिन् । यो गीत धेरै महिलाले आफ्नै जीवनसँग जोडेर पनि सुन्न र म्युजिक भिडियोमा हेर्न तथा महसुस गर्न सक्ने उषाको भनाइ छ ।

पारिवारिक जिम्मेवारी, अटिजम भएको सन्तानको हेरचाह र गर्भावस्थाको संवेदनशील समयमा पनि गायिका उषा गजुरेलले गीतको शब्द र संगीतसँगै म्युजिक भिडियोमा समेत जीवन्त अभिनय गर्न सकेकी छन् । उनको कलाकारिताप्रतिको यही समर्पणले तीजको गीत छोटो समयमै लोकप्रिय हुनसक्यो । अनि गीतको लोकप्रियतासँगसँगै नयाँ सन्तान प्राप्तिको खुशीसमेत थपियो ।

गायिका उषा गजुरेल, गीत केवल मनोरञ्जनको साधनमात्र नभई जीवनका पीडा, अपेक्षा, प्रेम र सपनालाई अभिव्यक्त गर्ने माध्यमसमेत भएकोले आफू जुनसुकै कठिन परिस्थितिमा रहँदा पनि संगीत पस्कने कुराबाट अछुत रहन नसक्ने बताउँछिन् । उनको यो लोकप्रियतामा उनको साङ्गीतिक टिमको सहयात्री एवं जिन्दगीकै सहयात्री सम्राट दहालको भूमिका पनि निकै महत्वपूर्ण रहेको छ । उषा गजुरेलको हरेक म्युजिक भिडियोमा सम्राट दहालले विभिन्न ढङ्गले साथ र सहयोग गरिरहेका छन् ।

पारिवारिक गोरेटो र सांगीतिक गोरेटोमा उषा र सम्राट एक रथका दुई पाङ्ग्रा बनेका छन् । त्यसैले त उनीहरुको पारिवारिक रथ र सांगीतिक रथको यात्रा सुखद र सफल रहेको छ ।

पत्रकार किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौँ।

काठमाडौं जिल्ला अदालतले जन आस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

प्रहरीले श्रेष्ठलाई थुनामा राख्न म्याद थपका लागि सोमबार अदालत उपस्थित गराएको हाे। यसअघि सोही अदालतले श्रेष्ठलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उक्त म्याद सकिएपछि अनुसन्धान नसकिएको भन्दै प्रहरीले थप समय माग गरेपछि अदालतले ४ दिनको समय दिएको हो ।

यसैबीच, श्रेष्ठको गिरफ्तारीलाई गैरकानूनी भन्दै सर्वोच्च अदालतमा दायर गरिएको बन्दी प्रत्यक्षीकरणको रिटमा साेमबारै सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा उक्त रिटको पेशी तोकएिको छ। श्रेष्ठलाई उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत बुधबार पक्राउ गरेको थियो।

सम्पादक श्रेष्ठविरुद्ध वैयक्तिक गोपनियता सम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।