छ दशकदेखि एउटै सन्देश : तपाईंले खोजिरहेको शान्ति तपाईंभित्रै छ

282
Shares

यशोभूमि कन्भेन्सन सेन्टर, नयाँ दिल्लीमा तीन दिवसीय विशेष समारोहको आयोजना गरियो । यो समारोह प्रेम रावतद्वारा विगत ६० वर्षदेखि शान्ति सन्देश जनमानसमाझ पु¥याउन भइरहेका निरन्तर प्रयासहरूको ६० वर्ष पूरा भएको अवसरमा आयोजना गरिएको हो । यस तीन दिवसीय समारोहअन्तर्गत २०२६ जुलाई ३१, अगस्त १ र अगस्त २ मा पाँचवटा विशेष कार्यक्रमहरू सञ्चालन गरिए । यी कार्यक्रमहरूमा हजारौँ मानिसले प्रत्यक्षरूपमा भाग लिए भने लाखौँ मानिसले अनलाइन माध्यमबाट यस ऐतिहासिक अवसरको आनन्द लिए ।

आफ्नो ६० वर्षको शान्ति यात्राको यस ऐतिहासिक अवसरमा प्रेम रावतले आफ्नो सम्बोधनमा भन्नुभयो, ‘मानव जीवनको सबैभन्दा ठूलो उपलब्धि बाहिरी सफलता नभई आफूभित्र विद्यमान शान्ति, आनन्द र स्वयंलाई चिन्नु हो ।’ उहाँले आजको संसारमा सुख–सुविधा र साधन–स्रोत बढेका छन् तर मानिस आफ्नो वास्तविक स्वरूप र जीवनको उद्देश्यबाट टाढा हुँदै गइरहेको बताउनुभयो । जबसम्म मानिसले स्वयंलाई चिन्दैन तबसम्म उसका इच्छा, सङ्घर्ष र असन्तोष समाप्त हुन सक्दैनन् । त्यसैले आफूलाई बुझ्नु र प्रत्येक श्वासको अमूल्य उपहारलाई सम्मान गर्नु नै जीवनको सबैभन्दा ठूलो आवश्यकता हो । धन, पद, प्रतिष्ठा र उपलब्धिहरू समयसँगै समाप्त भएर जान्छन् तर जसले आफूभित्र शान्तिको अनुभूति गरेको छ, उही नै वास्तवमा सफल र समृद्ध व्यक्ति हो ।

संसारका परिस्थितिहरू सधैँ परिवर्तन भइरहनेछन् र चुनौतीहरू आइरहनेछन् तर यदि मानिस आफूभित्रको शान्तिसँग जोडियो भने कुनै पनि परिस्थितिले उसको जीवनको आनन्द खोस्न सक्दैन । जुन शान्तिको खोजी संसारमा भइरहेको छ, त्यसको स्रोत प्रत्येक मानिसको आफ्नै हृदयमा छ । त्यसैले हामीले डर, अहङ्कार र अरूको दृष्टिकोणभन्दा माथि उठेर कृतज्ञता, प्रेम र आनन्दका साथ यस जीवनलाई सुख र शान्तिपूर्वक बिताउनुपर्छ । र, यी सुख र शान्ति हामीभित्रै छन् ।

प्रेम रावतको जन्म सन् १९५७ डिसेम्बर १० मा कनखल, हरिद्वारमा भएको हो । केवल चार वर्षको उमेरदेखि नै उहाँले आफ्ना बुबा श्री हंसजी महाराजसँगै हजारौँ मानिसको विशाल सभालाई सम्बोधन गर्न शुरु गर्नुभएको थियो । उहाँ आठ वर्षको हुँदा उहाँका गुरुसमेत रहनुभएका बुबाको निधन भयो । उहाँको निधनले सबै जना शोकाकूल थिए । यस्तो अवस्थामा उहाँले यस शान्ति सन्देशलाई प्रत्येक मानिससम्म पु¥याउने जिम्मेवारी लिनुभयो । यसरी आठ वर्षकै उमेरमा शुरु भएको उहाँको शान्ति यात्राले आज ६० वर्षको गौरवपूर्ण यात्रा पूरा गरेको छ ।
यसै उद्देश्यका साथ उहाँले देश–विदेशका प्रत्येक व्यक्तिसम्म पुगेर भन्नुभयो, ‘तपाईंले खोजिरहनुभएको शान्ति तपाईंभित्रै छ र तपाईंले आफ्नो जीवनमा जीवित अवस्थामै त्यसलाई अनुभूत गर्न सक्नुहुन्छ ।’ यही सन्देशलाई लिएर उहाँले विश्वभ्रमण गर्ने सङ्कल्प लिनुभयो । यही सङ्कल्पका साथ उहाँले मात्र १३ वर्षको उमेरमा लन्डनबाट आफ्नो पहिलो विदेश यात्रा शुरु गर्नुभयो र उहाँलाई देश–विदेशबाट अनेकौँ निमन्त्रणा आउन थाले । यो शान्ति सन्देशलाई जनजनसम्म पु¥याउन र आफ्नो समयको सबैभन्दा उत्तम तवरले उपयोग गर्न उहाँले पाइलटको तालिम पनि लिनुभयो ।

शान्ति तथा मानवीय कार्यहरूमा उल्लेखनीय योगदानका लागि उहाँलाई विश्वभरिबाट धेरै सम्मान प्राप्त भएका छन् । १३ वर्षको उमेरमा विदेशबाट आएको पहिलो निमन्त्रणा नै उहाँको ५५ वर्षभन्दा बढी समयदेखि जारी शान्ति सन्देशको विश्वव्यापी यात्राको शुरुवात बन्यो । यस अवधिमा उहाँले ६९ देशका ४५७ भन्दा बढी शहरमा लाखौँ मानिसलाई सम्बोधन गरिसक्नुभएको छ । उहाँका मानवीय प्रयासहरूमध्ये ‘फुड फर पिपुल’, प्राकृतिक विपद्मा राहत वितरण, निःशुल्क आँखा शिविर तथा वृक्षरोपणजस्ता अनेकौँ सेवा कार्यहरूले समाजका विभिन्न वर्गसम्म सहयोग पु¥याउँदै आएको छ ।

उहाँका निरन्तर प्रयासहरूलाई विश्वभरिबाट प्रशंसा गरिएको छ । उहाँलाई अनेकौँ प्रतिष्ठित सम्मानहरू प्रदान गरिएको छ । सन् २०१२ मा उहाँलाई ब्रान्डलरियट लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरियो । सन् २०२५ मा प्रेम रावतलाई डा. बी.आर. अम्बेडकर ओपन युनिभर्सिटी (खुला विश्वविद्यालय), हदराबादद्वारा डाक्टर अफ लेटर्सको मानद उपाधि प्रदान गरियो । यसका साथै उहाँका नाममा तीनवटा गिनिज वल्र्ड रेकर्डहरू पनि कायम भएका छन् ।

आफ्नो ६ दशकको यस यात्रामा प्रेम रावतले विश्वका अनेकौँ प्रतिष्ठित मञ्चहरूमा सम्बोधन गर्नुभएको छ । यसमा बेलायतको संसद्, हार्भर्ड विश्वविद्यालय, अक्सफोर्ड विश्वविद्यालय तथा युरोपियन युनियनसहित थुप्रै अन्तर्राष्ट्रिय मञ्चहरू समावेश छन् । भारतमा पनि उहाँले आईआईटी दिल्ली, आईआईएम अहमदाबादलगायतका धेरै प्रतिष्ठित शैक्षणिक संस्थाहरूमा सम्बोधन गर्नुभएको छ ।

प्रेम रावतद्वारा स्थापित ‘पिस एजुकेसन प्रोग्राम’ ले विश्वभर ७ लाखभन्दा बढी मानिसको जीवनमा प्रभाव पारेको छ । यो कार्यक्रम कारागार, शैक्षिक संस्था, अस्पताल, पुनस्र्थापना केन्द्र, सामुदायिक सङ्गठन तथा विभिन्न सामाजिक संस्थाहरूमा सञ्चालन गरिन्छ । यसको उद्देश्य मानिसहरूलाई आफ्नो आन्तरिक शक्ति चिन्न र जीवनप्रतिको आफ्नो बुझाइ विकसित गर्न प्रेरित गर्नु हो । हाल यो कार्यक्रम ८४ भन्दा बढी देश र ४५ भन्दा बढी भाषाहरूमा उपलब्ध छ ।

६ दशकको यो शान्तियात्रा केवल उपलब्धि र सम्मानहरूको कथा मात्र नभई मानवताप्रतिको समर्पण, आन्तरिक शान्ति र प्रत्येक व्यक्तिलाई स्वयंभित्रै शान्तिको अनुभूति गराउने निरन्तर प्रयासको प्रेरणा पनि हो । प्रेम रावतको सन्देश आज पनि त्यति नै सरल छ, जति ६ दशकअघि थियो– ‘तपाईंले खोजिरहनुभएको शान्ति तपाईंभित्रै छ ।’

विगत ६० वर्षदेखि प्रेम रावतद्वारा विश्वभर शान्तिको सन्देश जनजनसम्म पु¥याउने निरन्तर यात्राको यो विशेष अवसर धेरैका लागि प्रेरणादायी रह्यो । उहाँको सन्देशलाई विश्वका अनेकौँ देशहरूसँगै भारत तथा नेपालका विभिन्न क्षेत्रहरूका लाखौँ मानिसले टाइमलेस टुडे, इन्टेलिजेन्ट एक्जिस्टेन्स तथा प्रेम रावतको आधिकारिक युट्युब च्यानलमार्फत हेर्ने र सुन्ने गर्छन् ।

यस ऐतिहासिक अवसरमा विश्वका विभिन्न प्रतिष्ठित संस्थान तथा स्थानहरूबाट उहाँलाई बधाई तथा शुभकामना सन्देशहरू प्राप्त भएका छन् । तीन दिवसीय समारोहमा उपस्थित मानिसहरूले कार्यक्रमको प्रत्येक क्षणको भरपुर आनन्द लिए । समारोहको एउटा विशेष आकर्षण प्रेम रावतको नयाँ शैलीको साङ्गीतिक प्रस्तुति थियो । यसबाट सम्पूर्ण वातावरणमा आनन्द र उत्साह भरिएको थियो ।