हुलास स्टिल इन्डष्ट्रिजद्वारा ‘हुलास डे २०२६’ सामुदायिक तथा दिगोपन कार्यक्रमसहित सम्पन्न


सिमरा।

दिवाकर गोल्छा अर्गनाइजेसन अन्तर्गतको हुलास स्टिल इन्डष्ट्रिजले सिमरास्थित आफ्नो कारखाना परिसरमा ‘हुलास डे २०२६’ विविध सामुदायिक तथा दिगोपनमुखी कार्यक्रमका साथ सफलतापूर्वक सम्पन्न गरेको छ ।

कार्यक्रमअन्तर्गत वृक्षारोपण अभियान, कर्मचारीहरूका लागि निःशुल्क दन्त स्वास्थ्य शिविर, तथा कम्पनीका वातावरणीय, सामाजिक पहलहरू र मूल्यमान्यताबारे छलफल गरिएको थियो ।

कार्यक्रममा उत्कृष्ट योगदान पुर्‍याएका कर्मचारीलाई सम्मान गर्दै उनीहरूको समर्पण र योगदानको उच्च कदर गरिएको थियो । यस अवसरले कर्मचारीप्रतिको सम्मान, संस्थागत उत्कृष्टता तथा दिगो विकासप्रतिको कम्पनीको प्रतिबद्धतालाई पुनः उजागर गरेको छ ।