एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त 


काठमाडौँ। 

एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुजित कुमार शाक्य नियुक्त भएका छन्।  बैंकको सोमबार बसेको  सञ्चालक समितिको बैठकले  शाक्यलाई ४ वर्षे  कार्यकालको  लागि सीईओमा नियुक्त गरेको हो।

सञ्चालक समितिले आगामी ३० दिनभित्र कार्यभार सम्हालिसक्ने गरी सीईओमा नियुक्त गरेको जनाएको छ। उनी नबिल बैंकको सिनियर डेपुटी सीईओ हुन्। 

एनआईसी एसियाकै पूर्व कर्मचारीसमेत रहेका उनी पछिल्लो समय नबिल बैंकमा कार्यरत थिए।

Skip This