सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको २ लाख १० हजार ४ सय पुग्यो


काठमाडौँ ।

नेपाली बजारमा सुनको मूल्य नयाँ कीर्तिमानमा पुगेको छ।

शुक्रबार तोलाको मूल्य २ हजार ५ सय रुपैयाँले बढ्दै २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो।

अघिल्लो दिन सुनको मूल्य २ लाख ७ हजार ९ सय रुपैयाँ थियो। त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेर २ हजार ४९० रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।