स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत ९४ अस्पताल ‘रेफरल सेन्टर’मा सूचीबद्ध


काठमाडौं। 

 स्वास्थ्य बीमा बोर्डले ९४ वटा अस्पताललाई प्रेषण केन्द्र (रेफरल सेन्टर)को रुपमा सूचीकृत गरेको छ । यसअघि बोर्डले ३८४ वटा स्वास्थ्य संस्थाको सूची प्रकाशित गर्दै ती संस्थाहरु प्रथम सेवा विन्दुको रुपमा रहेको बताएको थियो ।

प्रथम सेवा विन्दुमा उपचार सम्भव नभएपछि ती अस्पतालले थप उपचारका लागि पठाउने संस्थालाई रेफरलको रुपमा राखिएको हो ।

प्रथम सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्रै हुने निर्णय गरेको बोर्डले रेफरल सेन्टरको सूचीमा भने सरकारी र निजी दुवै संस्थालाई राखेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।