प्रदेशकाे बजेटप्रति नीलकण्ठ नगरसभाकाे खेद प्रस्ताव

4.23k
Shares

धादिङ ।

नेपाल नगरपालिका संघका अध्यक्ष समेत रहेका नीलकण्ठ नगरपालिका प्रमुख भिम ढुंगानाकाे अध्यक्षतामा संचालन भएकाे नगर सभाले बागमति प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ को लागि पेश गरेकाे बजेटविरुद्ध खेद प्रस्ताव पारित गरेकाे छ ।

नीलकण्ठ नगरपालिकाको चालु १७ औं नगरसभाको दोस्रो वैठकमा नगर प्रमुख भिमप्रसाद ढ्ङ्गानाले पेस गरेको खेद प्रस्ताव सर्व सहमतिले पारित गरेकाे छ ।

प्रदेश सभामा प्रस्तुत बजेट स्थानीय सरकारले नितिगत रुपमा पेश गरेकाे याेजना कार्यक्रमलाई भन्दा व्यक्ति र पहुँचपुगेकालाई वितरण गरिएकाेले खेद प्रस्ताव पारित गर्दै बजेट सच्याउन माग गरिएकाे नीलकण्ठ नगर पालिका प्रमुख भिम ढुंगानाले बताए ।

देशको समग्र सन्तुलित विकास एवं संघीयताको मूल मर्म विपरित, व्यक्ति र पहुँच केन्द्रीत तथा अनुत्पादक र असन्तुलित देखिएकोले बजेट परिमार्जनका लागि नगरसभाले गम्भीर ध्यानाकर्षण भएको बताउँदै खेद व्यक्त गरेको ढुंगानाले जानकारीदिए ।

खेद प्रस्तावमा संघीय शासन प्रणालीको मूल मर्म समावेशिता, क्षेत्रीय सन्तुलन र समान अवसरलाई कमजोर पार्ने ढाँचामा बजेट निर्माण हुनु अत्यन्त दुःखद भन्रदै खेदजनक भएकाे खेदप्रस्तावमा उल्लेख छ । नीति तथा दोस्रो आवधिक योजनालाई वेवास्ता गरेकाे, गाउँपालिका र नगरपिलकाहरूबाट प्रस्ताव गरिएका योजनाहरूमा पूर्णतः बेवास्ता गरिएको खेदप्रस्तावमा उल्लेख छ।

सभाले असन्तुलित र व्यक्ति र जिल्ला केन्द्रित बजेटप्रति गम्भीर आपत्ति प्रकट गर्दै, संवैधानिक मूल्य र समान विकासका सिद्धान्तहरूको पालना गर्न प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै नीति निर्माण एवं बजेटमा पारदर्शिता, समावेशिता, र न्यायपूर्ण वितरणमा केन्द्रीत हुन माग गरेकाे छ।