पालिकाहरूलाई परिषद् सक्न चटारो, कृषि पर्यटनमा जोड

1.6k
Shares

नवलपरासी ।

पूर्वी नवलपरासीका अधिकांश नगर तथा गाउँ पालिकाहरूलाई आगामी आर्थिक वर्ष ८२र८३ को आय व्यय विवरण सार्वजनिक गरी परिषद् सम्पन्न गर्न मंगलबार भ्याई नभ्याई भयो ।

केही नगर तथा गाउँ पालिकाले भने यस अघिनै नीतिकार्यक्रम तथा आय व्यय सहितको बजेट ल्याएका थिए ।

सीमित स्रोत साधन र बजेटले वार्षिक योजना बनाई कार्यान्वयन गर्नु पर्ने, वडा वडाबाट आएका नयाँ योजनको सम्बोधन,क्रमागत योजनालाई आवश्यक रकम बिनियोजन जस्ता कुराले बजेट निर्माण र परिषद् सक्न तोकिएको १० गतेको समय सिमाले जनप्रतिनिधिहरूलाई हुन सम्मको चटारो परेको हो ।

यसै बीच जिल्लाको पूर्वी नगर गैडाकोट नगरपालिकाले सबै भन्दा बढी चालू तर्फ ६३ करोड ३१ लाख ४६ हजार र पुँजीगतमा ४५ करोड ४० लाख ९८ हजार गरी  कूल १ अर्ब ८ करोड,७२ लाख ४४ हजार रुपैयाँको बजेट ल्याएको छ ।

यसरी नै मध्यविन्दु नगरपालिकाले १ अर्ब ५ करोड ३४ लाख ३९ हजार, सदरमुकाम स्थित कावासोती नगरपालिकाले १ अर्ब ६१ लाख ४४ हजार र देवचुली नगरपालिकाले ८८ करोड ५४ लाख ५९ हजार बजेट सार्वजनिक गरेको छ ।

यसरी नै गाउँपालिका तर्फ विनयी त्रिवेणी गाउँ पालिकाले ८३ करोड ६२ लाख १० हजार, हुप्सेकोटले ५५ करोड १० लाख ८० हजार, बोैदिकालिले ४८ करोड ५५ लाख ६७ हजार १२ र बुलिङ्गटार गाउँ पालिकाले ५० करोड ५५ लाखको बजेट पारित गरेको छ ।

यसैगरी  नवलपरासी पश्चिममा पाल्हिन्दन गाउँपालिकाले आफ्नो १८ ओैं गाउँसभाबाट ५३ करोड ११ लाखको बजेट बनाएको छ भने  प्रतापपुर गाउँपालिकाले ७६ करोड ३९ लाख ६७ हजार ९ सय र सरावल गाउँपालिकाले ५३ करोड ३५ लाख ३५ हजार आव ०८२र८३ को बजेट पारित गरेको छ ।

यस्तै रामग्राम नगरपालिकाले १ अर्ब ३१ करोड ३६ लाख, सुनवल नगरले  ९९ करोड ९८ लाख,बर्दघाट नगरपालिकाले ९७ करोड ७२ लाख
र सुस्ता गाउँ पालिकाले ५४ करोड,९३ लाख १८ हजार ४ सय ३५ बजेट सार्वजनिक गरेको छ ।

पालिकाहरूले आफ्ना वार्षिक नीति तथा कार्यक्रम मार्फत कृषि,पशुपालन,पर्यटन,शिक्षा,स्वास्थ्य र रोजगारी सिर्जना लगायत पूर्वाधार विकास जस्ता कार्यक्रममा जोड दिएका छन् ।