उदयपुर ।
त्रियुगा नगरपालिकाले आर्थिक वर्ष २०८२-८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको १५ औँ नगरसभामा नगर प्रमुख वसन्त कुमार बस्नेतले नगरको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।
नगर प्रमुख बस्नेतले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई कार्यान्वयन गर्न नगर उपप्रमुख महेश्वरी राईले नगरपालिकाको आर्थिक वर्ष २०८२-८३ को लागि १ अर्ब ५३ करोड ३४ लाख ५९ हजार अनुमानित बजेट प्रस्तुत गरेकी छन् । उपप्रमुख राईले प्रस्तुत गरेको बजेटमा पुँजीगत तर्फ ८८ करोड ९४ लाख ६ हजार २ सय २० रहेको छ भने र चालु तर्फ ६४ करोड ४० लाख ५२ हजार ७ सय ८० रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
नगर प्रमुख बस्नेतले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगरको कृषि, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएको छ । कृषिमा पहाडी वडालाई कफी जोन घोषणा र पशु बिमा गर्ने नीति तथा कार्यक्रम तहेको छ । यस्तै उच्च शिक्षा कृषि र पशु संकाय पढ्न चाहने विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने नीति पालिकाले लिएको छ। स्वास्थ्यमा नगरवासीलाई नि:शुल्क आँखा जांच तथा शल्यक्रिया, नि:शुल्क रगत र ज्येष्ठ नागरिक र अपाङ्गहरुलाई घरमा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण र औषधी पुर्याउने नगरपालिकाको नीति तथा कार्यक्रम रहेको छ । नगर प्रमुख बस्नेतले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नगरपालिका भरिका श्रमिकलाई नि:शुल्क श्रमिक बिमा गर्ने नीति रहेको छ ।
यस्तै शिक्षामा नगर क्षेत्र भित्रका सम्पूर्ण सामुदायिक विद्यालयमा नेपाली र अंग्रेजी दुवै माध्यम बाट अध्यापन गराउन पर्ने, एक विद्यालयलाई महिला मैत्री विद्यालय स्थापना गर्ने, विद्यार्थी संख्याको आधारमा दरबन्दी मिलान र विद्यालय एक अर्कामा गाभ्ने, हप्ताको एक दिन शुक्रवार ’बुक फ्री डे’ घोषणा गरि वालवालिकाको नेतृत्व बिकासका लागि रचनात्मक क्रियाकलाप गराउने र उच्च शिक्षा अध्ययन गर्ने विपन्न, सिमान्तकृत असाहाय अपाङ्ग र दलित समुदायका विद्यार्थीलाई छात्रवृत्ति कोष स्थापना गरि अध्ययनमा सहयोग गर्ने नीति तथा कार्यक्रम रहेको नगर प्रमुख बस्नेतले बताए ।
त्रियुगा नगरबासीको सम्मान युक्त जीवन यापन, असल शासन, पारदर्शिता, जवाफदेहिता, सरल सहज छिटो र प्रभावकारी सेवा प्रवाह, नितिगत तथा संस्थागत क्षमता बिकास, स्रोत साधनको समुचित ब्याबस्थापन, सामाजिक रुपान्तरण, समन्वय सहकार्य र साझेदारी लगायतका बिषयलाई प्राथमिकतामा राखी नीति तथा कार्यक्रम तयार पारेको नगर प्रमुख बस्नेतले बताए ।
आर्थिक विकास तथा गरिबी निवारणमा प्रत्यक्ष योगदान, उत्पापदन तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने, जनताको जीवनस्तर आम्दानी र रोजगारी वढ्ने, स्थानीय स्रोत र सीपको अधिकतम प्रयोग, नवप्रवर्तनकारी योजना, मानव अधिकार संरक्षण र शान्ति सुरक्षा बिषयलाई समेत नीति तथा कार्यक्रममा समेटिएको नगर प्रमुख बस्नेतले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा रहेको छ ।
लैङ्गिक समानता, सामाजिक समावेशीकरण, महिला, बालबालिका तथा पिछडिएको क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ हुने, दिगो विकास, वातावरणीय संरक्षण तथा सम्वद्र्धनमा सघाउ र मेलमिलापमार्फत जनताको न्यायमा पहुँच पुग्ने गरी कार्यक्रम रहेको उनले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उल्लेख छ ।
यसैगरी चौदण्डीगढी नगरपालिका पनि सोमबार आर्थिक वर्ष २०८२। ०८३कालागि १ अर्ब १३ करोड ३५ लाख द्धज्ञ हजार ६२ रुपैयाको बजेट ल्याएको छ ।
चौदण्डीगढी नगरपालिकाकी उप प्रमुख मणिका देवी दुलालले बजेट प्रस्तुत गर्दै चालु तथा प्रशासनिक खर्च तर्फ ७४ करोड १० लाख र पुँजीगत खर्चतर्फ ३९ करोड २५ लाख ४ज्ञ हजार ६२ रुपैयाँ विनियोजन गरिएको जानकारी दिएकी छिन् ।
मंगलबार नै उदयपुरगढी, रौतामाई, ताप्ली र लिम्चुङबुङ गाउँपालिका र कटारी नगरपालिकाले पनि नगरसभा मार्फत आगाी आर्थिक वर्षका लागि बजेट ल्याएको छ । तर यी पालिकाहरुको बजेट विवरण प्राप्त भएको छैन । बेलका नगरपालिकाको भने बजेट आउन बाँकी रहेको छ ।
प्रतिक्रिया