सुदूरपश्चिम प्रदेश सरकारद्धारा ३३ अर्ब ४७ करोडको बजेट सार्वजनिक

2.35k
Shares

डोटी। 

सुदूरपश्चिम प्रदेश सरकारले २०८२-८३ का लागि ३३ अर्ब ४७ करोड ७० लाख ४८७ हजारको बजेट सार्वजनिक गरेको छ ।
प्रदेशका आर्थिक ममिला मन्त्री बहादुर सिंह थापाले आइतबार प्रदेश सभामा ३३ अर्ब ४७ करोड ७० लाख ४८७ हजार बराबरका बजेट सार्वजनिक गरेका हुन् । 
कुल बजेट मध्ये चालु खर्चतर्फ १० अर्ब २० करोड ८१ लाख ८२ हजार अर्थात् ३ दशमलव ४८ प्रतिशत र पुँजीगततर्फ १९ अर्ब ८३ करोड २ लाख ६ हजार छुट्याइएको छ । 

अन्तर सरकारी वित्तीय हस्तान्तरण तर्फ तीन अर्ब ४२ करोड७७ लाख अथात् १० दशमलव २४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ एक करोड विनियोजन गरिएको छ।
स्रोत व्यहोर्ने शीर्षकमा सबैभन्दा बढी  नेपाल सरकारबाट राजश्व बाँडफाँड भएर प्राप्त हुने ९ अर्ब ८७ करोड २५ लाख राखिएको छ भने नेपाल सरकारको सरकारी वित्तीय समानीकरण अनुदानतर्फ ८ अर्ब ९२ करोड ५६ लाख राखिएको छ ।

यस्तै चालु आर्थिक वर्षको बचत हुने रकम ७ अर्ब ६६ करोड ६३ लाख हुने अनुमान गरिएको छ भने सशर्त अनुदानबाट चार अर्ब ३ लाख, आन्तरिक राजश्व परिचालन एक अर्ब ६५ लाख, संघीय समपूरक अनुदान ६० करोड २६ लाख, विशेष अनुदान ख५१ करोड ६० लाख हुने अनुमान गरिएको छ ।