मधेश प्रदेशको बजेट ४६ अर्ब ५८ करोड

1.69k
Shares

वीरगन्ज।

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२-८३ का लागि ४६ अर्ब ५८ करोड ३३ लाख रुपियाँको बजेट सार्वजनिक गरेको छ । आइतबार प्रदेशसभाको बैठकमा अर्थमन्त्री सुनीलकुमार यादवले सो बराबरको बजेट प्रस्तुत गरेका हुन् ।

प्रस्तुत बजेटअनुसार कुल विनियोजनमध्ये चालुतर्फ १६ अर्ब ७२ करोड ५ लाख रुपियाँ (३५.८९ प्रतिशत) र पुँजीगततर्फ ३० अर्ब २६ करोड २८ लाख रुपियाँ (६४.९६ प्रतिशत) विनियोजन गरिएको छ । यसले प्रदेश सरकारको विकास निर्माण र भौतिक पूर्वाधारमा जोड दिने नीतिलाई प्रतिबिम्बित गर्दछ ।

बजेटको स्रोततर्फ, आन्तरिक राजस्वबाट ९ अर्ब ५० करोड ८३ लाख, वित्तीय समानीकरण अनुदानबाट ७ अर्ब ७२ करोड १९ लाख, सशर्त अनुदानबाट ४ अर्ब २६ करोड १८ लाख, विशेष अनुदानबाट ३९ करोड ४५ लाख र समपूरक अनुदानबाट ३५ करोड ८२ लाख रुपियाँ प्राप्त गर्ने लक्ष्य राखिएको छ ।

यसपटक मधेस प्रदेश सरकारले राजस्व बाँडफाँटबाट १ अर्ब ३५ करोड रुपियाँ, अघिल्लो वर्षको नगद मौज्दातबाट १० अर्ब ३८ करोड रुपियाँ र आन्तरिक ऋणबाट २ अर्ब रुपियाँ जुटाउने लक्ष्य लिएको छ । यो बजेटले प्रदेशको आर्थिक वृद्धि, रोजगारी सिर्जना र सामाजिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।