पाँचथर।
मेची राजमार्गमा पर्ने पाँचथर जिल्लाको फिदिम र हिलिहाङ जोड्ने हेवा खोलामा निर्माणाधीन मोडुलर बेलिब्रिज बारीपारी जोडिने क्रममा भाँचिएर ६ जना कामदार घाइते भएका छन् । निर्माणाधीन बेलिब्रिज जडानमा खटिएका बाराको सिमरा नगरपालिका १२ का २२ वर्षीय रुपलाल चौधरी घाइते भएका छन् । सोही स्थानका २७ वर्षीय राजन चौधरी, २२ वर्षीय राकेश चौधरी, २५ वर्षीय भुलेश्वर चौधरी, प्रकाश चौधरी र ३० वर्षीय अभिषेक चौधरी घाइते भएका जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
राकेश चौधरीको थप उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ । अन्यलाई पाँचथर जिल्ला अस्पतालमा उपचार भइरहेका छन् ।
रूपलाल चौधरीको बाहिरी चोट नदेखिएको तत्काल अवस्था बोल्न सक्ने अवस्था छैन । राजन चौधरीको पिठ्युमा चोट छ । भुलेश्वर चौधरीको दायाँ खुट्टा भाँचीएको छ भने प्रकाश चौधरीको टाउको र शरिरको विभिन्न भागमा चोट भएको छ । अभिषेक चौधरीको टाउकोमा चोट रहेको जिल्ला अस्पताल पाँचथरले जनाएको छ ।
७० मीटर सिङ्गल स्पानको मोडुल बेलिब्रिज जडान गरी वारपार गर्ने क्रममा शनिवार साँझ भाँचिएको हो । ७० मिटर लामो पुललाई बीचमा कुनै सपोर्ट गर्न पिलरबिना निर्माण भइरहेको थियो । पुल भाँचिदा कामदारहरू घाइते भएका छन् ।
वर्षाको बाढीले २०८० सालमा पुल बगाएको थियो । पुल बगाएपछि बनाएको बेलिब्रिज २०८१ असोजको बाढीले बगाएको थियो । पक्की पुल बगाएपछि उक्त स्थानमा बेलिब्रिज बनाइएको थियो । त्यो पनि बगाएपछि मेची राजमार्गमा पर्ने पाँचथरको हेवा खोलामा ‘मोडुलर ब्रिज’ निर्माण भइरहेको भाँचिएको छ ।
प्रतिक्रिया