नर्भिकले विश्व ब्रेन ट्युमर दिवसका अवसरमा निःशुल्क ओपिडी सञ्चालन गर्ने


काठमाडौं। 

के तपाईँलाई बारम्बार टाउको दुख्छ ? बान्ता हुने या मुर्छा पर्ने समस्या छ ? यदि यस्तो छ भने बेवास्ता नगरी चिकित्सकको परामर्श लिनुहोस् । यस्तो समस्या ब्रेन ट्युमरजस्तो गम्भीर रोगको लक्षण पनि हुन सक्छ । 

यस्तै स्वास्थ्य समस्यालाई दृष्टिगत गर्दै थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालले विश्व ब्रेन ट्युमर दिवसका अवसरमा यही जेठ २४ गते वरिष्ठ न्यूरोसर्जनको टिमद्वारा निःशुल्क ओपिडी सञ्चालन गर्ने भएको छ । 

अस्पतालले सिनियर कन्सल्टेन्ट न्यूरोसर्जन प्रा. डा. राजीव झाको नेतृत्वमा निःशुल्क ओपिडी सञ्चालन गर्न लागेको हो। जसमा सिनियर कन्सल्टेन्ट न्युरोसर्जन डा. सुशीलमोहन भट्टराई, कन्सल्टेन्ट न्यूरोसर्जनहरु डा. नम्रता खड्का र डा. राजीव शाह तथा मेडिकल अफिसर डा. पंकज साहले पनि सेवा दिनेछन्  ।

 निःशुल्क ओपिडी दिउँसो २ बजदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । सेवा लिन फोन नम्बर ०१–५९७००३२ मा सम्पर्क गर्न पनि अस्पतालले आग्रह गरेको छ । 

सामाजिक उत्तरदायित्वअन्तर्गत नर्भिक अस्पतालले विभिन्न समयमा विभिन्न रोगको निःशुल्क ओपिडी र परामर्श सेवा सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।