नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा प्रज्वलजंग पाण्डे नियुक्त


काठमाडौं।

नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः प्रज्वलजंग पाण्डे नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री स्तरीय निर्णयबाट पाण्डे अध्यक्षमा नियुक्त भएका हुन् । पाण्डे यस अघि पनि काउन्सिलका अध्यक्ष रहेका थिए । फार्मेसी काउन्सिलको अध्यक्षको कार्यकाल चार वर्षको हुन्छ ।

फार्मेसी विज्ञ रहेका पाण्डेलाई यसअघि २०७७ चैतमा तत्कालीन स्वास्थ्य मन्त्री ह्दयश त्रीपाठीले अध्यक्षमा नियुक्त गरेका थिए ।