पोखरा।
त्रिभुवन आर्मी क्लबका सलिम देवानले लङ्ग जम्पतर्फ आफ्नै कीर्तिमानी तोडेका छन् । पोखरामा जारी एथलेटिक्स मिट २०८१ को लंगजम्पतर्फ ७.१८ मिटर जम्प गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । पोखरा रंगशालास्थित एथलेटिक्स ट्रयाकमा शुक्रवार भएको पुरुषतर्फको प्रतिस्पर्धामा उनले कीर्तिमानसंगै स्वर्ण पदक जितेका छन् ।
पोखरा रंगशालामा नै दुुई वर्ष अघि भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता ७.०६ मिटर जम्प गर्दै कीर्तिमानी कायम गरेका थिए । उक्त समय उनले कृष्णबहादुरको नाममा रहेको ७ मिटरको कीर्तिमानी भंग गरेका थिए । गिरिले १९९९ मा पाकिस्तानको इस्लामबादमा राष्ट्रिय कीर्तिमान कायम गरेका थिए । एपिएफका सुशिल केसीले ६.७९ मिटर जम्प गर्दै रजत जित्दा नवलपुरका नारायण चौधरीले ६.५६ मिटर जम्प गर्दै कांस्य पदक हासिल गरे । सोही विधाको महिलातर्फ पुलिसकी सिमा कुमारी चौधरीले ५.६१ मिटर जम्प गर्दै स्वर्ण जितिन् । लुम्बिनीका निशा चौधरीले ५.२८ मिटर दुरी पार गर्दै रजत तथा आर्मीका जयारानी थारुले ५.४५ मिटर पार गर्दै कांस्य जितिन् । जयारानीले नवौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेकी थिइन् ।
१५०० मिटर पुरुष दौडमा आर्मीको दबदबा रह्यो ३ मिनेट ५१.६ सेकेन्डमा दुरी पार गर्दै आर्मीका मुकेश बहादुर पलले स्वर्ण जिते । ३ मिनेट ५५.५ सेकेन्डमा पार गर्दै सुनिल सुनारले रजत तथा आर्मीकै अकल बहादुर पलले ३ मिनेट ५६.५ सेकेन्ड लगाउँदै कांस्य जिते । महिलातर्फ कास्कीकी नारायणी भण्डारीले ४ मिनेट ५४.२ सेकेन्डमा दुरी पुरा गर्दै स्वर्ण जित्दा ४ मिनेट ५८.८ सेकेन्ड लगाउँदै पुलिसकी सुमित्रा कुमारी चौधरीले रजत तथा एपिएफकी आशा रावतले ५ मिनेट ३.८ सेकेन्ड लगाउँदै कांस्य जितिन् ।
सटपुट पुरुषतर्फ आर्मीले स्वर्ण र रजत हासिल गर्दा स्याङ्जाले कांस्य पदक हासिल ग¥यो । आर्मीका तिलक बहादुर विकले १२.७७ मिटर, राइ बहादुर शाहीले १२.०७ र दुजिक थापा मगरले ११.६४ मिटर प्रहार गरे । महिलातर्फ पुलिसले स्वर्ण र कांस्य जित्दा आर्मीले रजत हासिल ग¥यो । पुलिसकी चन्द्रकला लामगादेले ११.९६ मिटर, आर्मीकी सिता शाहीले १०.५९ र पुलिसकी बसन्ती चौधरीले १०.३० मिटर प्रहार गरिन् ।
१०० मिटर पुरुष दौडमा एपिएफका शिवराज पार्कीले १०.६० सेकेन्डमा पुरा गर्दै स्वर्ण जिते । मधेशका आदेश कुमार यादवले १०.७७ सेकेन्ड लगाउँदै रजत तथा आर्मीका सलिम देवानले ११.१० सेकेन्ड लगाउँदै कांस्य जिते । महिलातर्फ चितवनकी रेश्मा सुवेदीले १२.१३ सेकेन्ड लगाउँदै स्वणृ जितिन् । लुम्बिनीकी निशा चौधरीले १२.२५ सेकेन्ड लगाउँदै रजत तथा पुलिसकी सिमा कुमारी चौधरीले १२.४८ सेकेन्डमा दुरी पार गर्दै कांस्य हासिल गरिन् ।
पुरुषतर्फ़ हाइ जम्पमा आर्मीका विनोद रोकायले १.७५ मिटर जम्प गर्दै स्वर्ण जिते । कास्कीका सागर नेपालीले १.७५ मिटर जम्प गर्दै रजत तथा नवलपुरका उज्वल कुमार विकले १.७० मिटर जम्प गर्दै कांस्य जिते । महिलातर्फ सोही विधामा आर्मीका विन्दु थानेटले १.४६ जम्प गर्दै स्वर्ण हासिल गरिन् । आर्मीकै खगिता सिन्जालीले १.४३ मिटर जम्प गर्दै रजत तथा एपिएफका चन्दनी भट्टले १.४० मिटर जम्प गर्दै कांस्य जितिन् ।
४०० मिटर महिलातर्फ आर्मीका कलेसी चौधरीले १ मिनेट १.७ सेकेन्डमा दुरी पार गर्दै स्वर्ण जितिन् । आर्मीकै १ मिनेट २.९ सेकेन्डमा दुरी पुरा गर्दै रजत तथा एपिएफका भागिरथी थारुले १ मिनेट ७.१ सेकेन्ड लगाउँदै कांस्य जितिन् । पुरुषतर्फ आर्मीका सोमबहादुर कुमालले ४८.९३ सेकेनडमा दुरी पुरा गर्दै स्वर्ण जिते । आर्मीका प्रकार दनुवारले ४९.९० र आर्मीकै प्रेमबहादुर सुनारले ५०.५० सेकेन्डमा दुरी पुरा गर्दै क्रमशः रजत र कांस्य जिते ।
प्रतिक्रिया