एमएससी भारत अन्तिम चारमा

पहिलो सेमीफाईनलमा आयोजक बिस पचहत्तर र राईजिङ स्टार बिच खेल हुने 

1.22k
Shares

बुटवल। 

रुपन्देहीको बुटवलमा जारी प्रीति प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा एमएससी भारत विजयी भएको छ । मंगलबार भएको अन्तिम क्वाटरफाईनलमा हेटौडा एफए मकवानपुरलाई १–० गोल अन्तरले पराजित गर्दै एमएससी भारत अन्तिम चारमा सुरक्षित भएको हो । जितसंगै एमएससी भारतले ट्रिनेटि युवा क्लब, वालिङसंग दोस्रो सेमीफाईनल खेल्नेछ । 

एशियन थाई फुट प्रालिको (प्रीति) मुख्य प्रायोजक, बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा बिस पचहत्तर युवा क्लबको आयोजना सिद्घेश्वर खेल मैदानमा भएको खेलमा एमएससीको जितमा एकमात्र गोल ज्योति बल्लीले गरेकी हुन् ।  खेलको ४४ औ मिनेटमा कर्नर प्रहारलाइ उनले हेडमार्फत जाली चुमाएकी हुन । खेलमा एमएससीको रुक्मणी प्लेयर अफ दी म्याचबाट पुरस्कृत भईन।

 बुधबार पहिलो सेमीफाईनलमा आयोजक बिस पचहत्तर युवा क्लब र  राईजिङ स्टार क्लब, कपिलबस्तुको बिचमा खेल हुने संयोजक बुद्धि बहादुर दर्जीले बताए।