निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा रेग्मी नियुक्त


काठमाडौँ । 

निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा. मोहनचन्द्र रेग्मीलाई नियुक्त गरिएको छ ।

छनोट समितिले लोक सेवा आयोगको विधि र पद्धति अनुसार उत्कृष्ट ठहर गरिएका तीन जनाको नाम सिफारिस गरेको थियो। अस्पतालको कार्यकारी निर्देशकका लागि डा। प्रमोद यादव, डा. रुद्र मरासिनी र डा. मोहनचन्द्र रेग्मी प्रतिस्पर्धामा रहेका थिए। 

यो अस्पताल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत रहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।