न्याम्सको एमडीरएमएस र नेपाल प्रहरीबीच सम्झौता


काठमाडौं ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को एमडीरएमएस कार्यक्रम अब महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा पनि सञ्चालन हुने भएको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा त्यस सम्वन्धी सम्झौँता पत्रमा हस्ताक्षर भएको छ ।


स्वास्थ्य मन्त्री प्रदीप पौडेलको उपस्थितिमा भएको कार्यक्रम सञ्चालन सम्वन्धी सम्झौता पत्रमा न्याम्सका तर्फबाट शिक्षाध्यक्ष डा.लोचन कार्की र अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर सुन्दरप्रसाद होजुले हस्ताक्षर गरेका छन् ।


सोही कार्यक्रममा उपस्थित भएका न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेत र नेपाल प्रहरीका तर्फबाट प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले सम्झौँता पत्रमा संरक्षकको रुपमा हस्ताक्षर गरेका छन् ।


न्याम्सले यसअघि पनि अन्य संस्थासंग यसैगरी सम्झौँता गर्दै एमडी एमएस कार्यक्रम सञ्चालन गर्दै आएको छ । उपकुलपति प्राडा बस्नेतले नेपाल प्रहरी अस्पताल २२ औँ संस्था भएको बताए । उनले अब फ्याकल्टीहरु हेरेर कार्यक्रम उपयुक्त कार्यक्रम नेपाल प्रहरी अस्पताललाई दिने बताए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।