कोशी पूजा मनाउन सिन्धुलीका दुई पालिकामा सार्वजनिक विदा

2.16k
Shares

सिन्धुली ।

सिन्धुलीको सुनकोशी गाउँपालिकाले माझी समुदायको मुख्य पर्व लदी (कोशी) पूजाको अवसरमा सार्वजनिक बिदा भएको छ ।

गाउँपालिकाले हिजो सोमवार सुचना निकालेर लदी पूजाको अवसरमा आज मंगलवार एक दिन स्थानीय विदा दिइएको जनाएको छ ।

गाउँपालिकाको कार्यालय, सात वटै वडा कार्यालयहरु, स्वास्थ्य संस्था र सबै शिक्षण संस्थाहरुमा स्थानीय विदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जीले जारी गरेकाे सुचनामा उल्लेख छ । माझी समुदायले प्रत्येक बर्ष फागुनको तेस्रो मंगलवार लदी(कोशी) पूजा मनाउने गर्छन ।

मरिण गाउँपालिकाले कोशी पुजाको अवसरमा सोमवार र मंगलवार दुई दिन स्थानिय विदा दिएको छ । मरिण गाउँपालिकामा तामाङ पछि माझी समुदायको मुख्य बाहुल्यता रहेको छ ।

माझी समुदायको संस्कार, सस्कृति र भेष–भुषालाई संरक्षण गर्न र पर्वलाई हर्षोउल्लासका साथ मनाउनको लागि स्थानिय विदा दिइएको गाउँपालिकाहरुले जनाएका छन् ।