प्रजातन्त्र दिवसमा  नि:शुल्क स्वास्थ्य शिविर, ७१८ जना लाभान्वित 


काठमाडौँ। 

 प्रजातन्त्र दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयको “पाठेघरको क्यान्सर स्क्रीनिङ अभियान”अन्तर्गत एक दिने नि:शुल्क स्वास्थ्य शिविर सन्चाल्न गरिएको छ । त्रिशक्ति महिला समूह र त्रि शक्ति कलब  हाडिगाउ ५ काठमाडौँको आयोजना र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा बुधबार  नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको  हो। 

  शिविरमा गाइनो सम्बन्धी (पाठेघरको मुखको क्यान्सर)जाँच,मिर्गौला रोगको जाँच,आँखाको जाँच साथै बल्ड प्रेसर ,सुगर पनि  जाँच गरिएको थियो। 

 त्रिशक्ति कलबको कार्यालय परिसरमा हाडिगाउमा आयोजित  शिविरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल, अधिकांश महिला,  प्रौढ, केही बालबालिका र स्थानीय बासिन्दाहरूको  उपस्थित थियो । 

 शिविरमा  ७१८ जनाले स्वास्थ्य जाँच गराएका मध्ये पाठेघरको क्यान्सरको भिआइए जाचमा ९० जना मध्ये ६ जनामा पोजेटिभ सङ्खास्पद देखिएको डा. अब्दुल रहिफले जानकारी दिए। पोजेटिभ देखिएकाहरुको थप परीक्षण गरी  क्यान्सर ठहरिएमा  उपचार गराउनु पर्ने  नर्स सबिना दवाडिले बताइन्।

यस्तै  २६५ जनाको आँखाको  जाँच गरी  नि:शुल्क औषधि  र ५५ वर्ष माथिकालाई  नि:शुल्क चस्मा समेत उपलब्ध गराइएको थियो  ।मृगौलाको  १९० जना र सुगरका १७४ जना बिरामीले जाँच गराएका थिए।

स्वास्थ्य मन्त्रालयको स्क्रीनिङ अभियान अन्तर्गत मेरि स्टोप नेपालले भि आइ ए परीक्षण,तिल गंगा  आँखा अस्पतालले आँखाको  परीक्षण, ,ग्रिन सिटी  अस्पतालले मिर्गौला परीक्षणको लागि प्राविधिक जनशक्ति ,सुगर र बल्ड प्रेसर जाँच आदि काठमाडौँ महानगरसङको सहकार्यमा  कार्यक्रम सम्पन्न भएको  शिविर कार्यक्रम संयोजक मेनुका कार्कीले जानकारी गराइन्।

यसअघि  पनि उक्त कलब र महिला समूहले  विभिन्न स्वास्थ्य कार्यक्रमहरु गर्दै आएको छ।आगामी दिनमा पनि अन्य स्वास्थ्य कार्यक्रम गर्ने कार्यक्रम संयोजक   कार्कीले बताइन्। 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।