अर्थमन्त्री पौडेललाई भेट्न राष्ट्रपति बर्न अस्पताल जाँदै


काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेललाई भेट्न जाँदैछन् ।

राष्ट्रपति पौडेल कीर्तिपुर बर्न अस्पतालमा उपचाररत अर्थमन्त्री पौडेललाई भेट्न विहान १० बजे कीर्तिपुर जाने सचिवालयले जनाकारी दिएको छ। 

पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन विस्फोट हुँदा मन्त्री पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएका थिए ।