बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशीलदेव सुवेदी नियुक्त


काठमाडौं ।

नेपाल बीमा प्राधिकरणको कार्यकारी निर्देशकमा सुशिलदेव सुवेदी नियुक्त भएका छन् । राजुरमण पौडेलको पदाअवधि सकिएको लामो समयपछि प्राधिकरणले कार्यकारी निर्देशक पाएको छ । सुवेदीले ७७.१९४ अंक पाएर कार्यकारी निर्देशक बन्न सफल भएकोे प्राधिकरणले जनाएको छ ।

कार्य सम्पादन मूल्याकंनमा सबैभन्दा धेरै नम्बर प्राप्त गर्दै सुवेदीले प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी हात पारेका हुन् ।

कार्यकारी निर्देशक बन्न सुवेदीसहित कमल रेग्मी र पुजन ढुङ्गेल पनि प्रतिस्पर्धामा थिए ।अहिले प्राधिकरणको अध्यक्ष नियुक्तीको लागि सूचना जारी भएर उम्मेदवार छनौटको क्रममा रहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।