कर्मचारी युनियनको विभागीय निर्वाचनमा प्रदीप केसीको अध्यक्षता कार्यसमिति निर्विरोध निर्वाचित 


काठमाडौँ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगत स्वास्थ्य सेवा विभाग टेकुमा सम्पन्न भएको नेपाल निजामती कर्मचारी युनियनको विभागीय निर्वाचनमा प्रदीप केसीको अध्यक्षता कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।

शनिवार भएको अधिवेशनमा नेपाल निजामती कर्मचारी युयिन, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विभागीय कार्य समितिको अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्य, केन्द्रीय महाधिवेशन प्रतिनिधि पदको निर्वाचनका लागि विभागीय सभाले निर्विरोध पदाधिकारी चयन गरेको हो ।

 निर्वाचित पदाधिकारीहरुमा अध्यक्षमा प्रदीप केसी, उपाध्यक्ष हाललाई खाली, महिला उपाध्यक्ष सावित्रा भट्ट, उपाध्यक्ष समावेशी डा.लालबाबु शाह, सचिव खुल्ला रुपा राना, सचिव युवा पासाङ वि.सी., कोषाध्यक्ष खुललामा सरस्वती कोईराला, सदस्यहरुमा खुल्ला अच्युतहरि कोईराला, कमल कुंवर क्षेत्री, ईश्वरी प्रसाद भुषाल, डा.पुनेश्वर केशरी, रञ्जिता कुमार झा रहेका छन् । 

त्यसैगरी सदस्य श्रेणी विहीन लाल बहादुर वाईवा, मिठु पाठक, सदस्य महिला सीता भुषाल, तिर्थशोभा नकर्मी, सदस्य समावेशी सञ्जय कुमार शाह, सञ्जय कर्ण, केन्द्रीय महादिवेशन प्रतिनिधि खुल्लाम ाशंकर पाण्डे, धिरज रौनियार, खिमराज रिजाल, तेज बहादुर लामिछाने, समावेशी दीपेन्द्र सुनार, महिला पवित्रा ढकाल निर्विरोध निर्वाचित भएका छन् ।

उक्त कार्यक्रमको स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उद्घाटन गर्नुभएको थियो । मन्त्री पौडेलले उद्घाटन कार्यक्रममा पुर्वमहानिर्देशक डा लक्ष्मीराज पाठक सहित १० जना अवकाश प्राप्त कर्मचारीलाई सम्मान गर्नुभएको थियो ।