मोटोपना घटाएर कसरी फिटनेस रहने, यसो भन्छिन् करिना कपुरकी फिटनेस कोच


काठमाडौं ।

आजको व्यस्त जीवनमा मानिसलाई आफ्नो हेरचाह गर्न गाह्रो भइरहेको छ। यस्तो अवस्थामा मानिसहरु तौल घटाउन चाहन्छन्। तर, त्यसको सही तरिका थाहा हुँदैन । यति मात्र होइन, कतिपय कुरालाई लिएर धेरै मानिसहरु दुविधामा पनि रहन्छन् ।

 यदि तपाई पनि तौल घटाउन चाहनु हुन्छ तर तपाईको दिमागमा केही कुरालाई लिएर प्रश्न उठ्छ भने करीना कपुर खानकी फिटनेस कोच तथा पोषण विशेषज्ञ रुजुता दिवेकरले सामाजिक सञ्जालमा एउटा भिडियो शेयर गर्दै तौल घटाउने सही उपाय के हो भनी हालै बताएकी छिन् ।

 रुजुता भन्छिन् कि गलत तरिकाले छिटो तौल घटाउनुको सट्टा लामो समयसम्म तौल घटाउनु जरुरी छ, जसले तपाईको स्वास्थ्यलाई पनि फाइदा पुग्छ । फिटनेस कोच रुजुता दिवेकर अगाडी भन्छिन्, ‘यदि तपाईको तौल स्थायी रूपमा घट्दैन भने यसले शरीरको काममा असर पार्न सक्छ। यस्तो अवस्थामा तपाई स्वस्थ रहनुको सट्टा धेरै मेडिकल समस्याहरू सामना गर्न सक्नुहुन्छ। त्यसैले, आफ्नो शरीरको लागि सही काम गर्नुहोस् र आफ्नो दिमागबाट कुनै पनि मूल्यमा वजन घटाउने विचार हटाउनु होस्।’

 तौल घटाउनका लागि विशेषगरी डाइट प्लान र एक्सरसाइजको पालना गर्दा पनि तौल घट्न नसक्दा डिप्रेसनमा पर्ने र तौल घटाउन सर्टकट अपनाउने गरिएको बताउँदै रुजुताले भनिन, ‘तर, यसो गर्दा तपाईलाइ थप समस्या बढाउन सक्छ।’ उनका अनुसार यस्तो अवस्थामा तपाईंले पहिले मोटोपन र फिटनेस बीचको भिन्नता बुझ्नु महत्त्वपूर्ण छ।

 साइजमा परिवर्तनः

रूजुताले भनिन कि यदि तपाईको आकार परिवर्तन भइरहेको छ। यसको मतलब यदि तपाईको शरीरको आकार घट्दै छ भने तपाईको मोटोपना घट्दै गएको बुझ्नुहोस्। तपाईको तौलमा कुनै परिवर्तन नभए पनि यो बुझ्न सबैभन्दा जरूरी छ ।

 आकारमा परिवर्तनः

तपाईंले आफ्नो साइजमा हुने परिवर्तनहरूमा पनि ध्यान दिनुपर्छ। खासगरी कम्मरको साइजमा परिवर्तन आएको छ भने तपाईको तौल घट्दै गएको बुझ्नु पर्छ । यसबाट तपाईले बुझ्न सक्नुहुन्छ कि तपाईको शरीरका अंगहरू बीचको बोसो कम हुँदैछ, जुन एक स्वस्थ लक्षण हो।

क्षमतामा परिवर्तनः

यदि तपाईको क्षमता बढ्दै छ भने तपाईले आफ्नो तौललाई स्वस्थ तरिकाले नियन्त्रण गरिरहनु भएको छ भन्ने बुझ्नुहोस्। तपाईको स्वास्थ्य र तन्दुरुस्तीले तपाईको काम गर्ने क्षमता के हो भनेर बताउँछ। यदि तपाईं धेरै सीढी चढ्नुभयो भने, यदि तपाइँ बच्चाहरुसँग शारीरिक गतिविधि गर्न वा अधिक व्यायाम गर्न सक्षम हुनुहुन्छ भने तपाईको क्षमतामा सुधार भइरहेको छ।

यदि तपाईं सही तरिकाले तौल घटाउन चाहनुहुन्छ वा आफूलाई फिट राख्न चाहनुहुन्छ भने यो सधैं सल्लाह दिइन्छ कि यसका लागि तपाईंले एक पेशेवर वा फिटनेस कोचको मद्दत लिनु पर्छ, ताकि केही गलत भयो भने तपाईं समस्यामा नपर्नु होस्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।