कुँवर समाज समितिको आँखा शिविर सम्पन्न


पोखरा ।

पोखरा महानगरपालिका वडा नं. ८ मा रहेकोे कुँवर समाज समितिको आयोजनामा वडा नं. ८ को आर्थिक सहयोगमा कुँवर टोलमा रहेको कुँवर समाज समितिको भवनमा जेष्ठ नागरिक आँखा जाँच घुम्ती शिविर कार्यक्रममा …जनाले आँखा जाँच गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगर पालिका वडा नं. ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले वडाको विकास निर्माणका साथ साथै नागरिकको स्वास्थ्य प्रति पनि वडा कार्यालयले सहकार्य गरेर काम गर्दै आएको वताएका थिए ।

सो अबसरमा स्वतन्त्र पत्रकार संघ कास्कीका अध्यक्ष कृष्ण रानाभाट, पोखरा ८ का वडा सदस्यहरु हिराकाजि श्रेष्ठ र गोबिन्द बराल, हिमालय आँखा अस्पतालका डा. दिपेस मान ठकुरीले सामान्य अवस्थामा हरेक व्यक्तिले नियमित रुपमा ३ देखि ६ महिनामा एक पटक आँखा जाँच गर्नुपर्ने बताएका थिए ।

समितिका अध्यक्ष कृष्ण कुँवरको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत युथ अफ कुँवरटोलका अध्यक्ष राजु कुँवर र संचालन सचिव लक्ष्मी कुँवरले गरेकी थिइन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।