नेपाल नर्सिङ संघमा चन्द्रकला शर्मा नेतृत्वको प्यानल विजयी


काठमाडौं।

नेपाल नर्सिङ संघको २०औँ केन्द्रीय कार्यसमितिका लागि निर्वाचनबाट प्राध्यापक चन्द्रकला शर्मा नेतृत्वको समूहको प्यानल नै विजयी भएको छ ।केहीबेर अघि सम्पन्न मतगणनामा शर्मा नेतृत्वको समूहले गंगा थापा नेतृत्वको अर्को समूहलाई पराजित गरेको हो ।

अध्यक्ष पदमा शर्माले २१५० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी बनेकी थापाले १३७० मत मात्रै प्राप्त गरिन्।

यस्तै अध्यक्ष पदको अर्को उम्मेद्धार बसन्ती थापाले २८२ मत मात्रै प्राप्त गरिन् ।

यस्तै बरिष्ठ उपाध्यक्षमा शर्मा समूहका रमेश सुब्बाले २०६० मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कल्पना श्रेष्ठ जोशीले १५९७ मत प्राप्त गरिन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।