विशेषज्ञ चिकित्सकको विशेष परीक्षामा ७० प्रतिशत उत्तीर्ण


काठमाडौं ।

विशेषज्ञ चिकित्सकका लागि नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको विशेष परीक्षाको नतिजा बिहीबार प्रकाशित गरेको छ। नेपाल मेडिकल काउन्सिलका अनुसार यस पटकको विशेष परीक्षामा ७० दशमलव ५६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका छन्।

पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा भएको परीक्षामा चिकित्सा शिक्षातर्फको विभिन्न २८ विषयमा स्नातकोत्तर गरेका चिकित्सकहरु सहभागी भएका थिए।

काउन्सिलका रजिस्ट्रार डा. शतीशकुमार देवका अनुसार परीक्षाका लागि २ सय ५० जनाले फारम भरे पनि बिहीबारको परीक्षामा २ सय ४८ जना सहभागी भएका थिए। त्यसमध्ये १ सय ७५ जना उत्तीर्ण भएका छन् । एक जनाको नतिजा विथहेल्डमा राखिएको काउन्सिलले जनाएको छ।

Skip This