खापर स्वामीकार्तिकमा ३५ सय मत खसे

पुरुषभन्दा महिला सहभागिता बढी 

2.73k
Shares

   

बाजुरा।  

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष  पदका लागि हुन गइरहेको उपनिर्वाचनमा दिउँसो २ वजेसम्म ३५सय  मत खसेका छन्  । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्वामीकार्तिकका अनुसार  उक्त मत कुल मतदाता संख्याको  करिव ४७ प्रतिसत मत हुन आउँछ ।   मुख्य निर्वाचन अधिकृतको कर्यलयका   कर्मचारी योगेन्द्र रावलले भने ईतिहांसमै बाजुरामा पहिलोपटक स्वतन्त्र मतदान भएको छ। मतदान शान्त मय छ । सबैले निश्पक्षरुपमा आ-आफ्नो मतदान गर्न पाएका छन् ।
 
  मत खस्ने क्रम जारी छ । पालिकाको नौ वटा मतदान केन्द्रमा शान्त वातावरणमा  मतदान भइरहेका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जानकारी दिए। बिहान तोकिएकै समयमा मतदान शुरु भयो सबै मतदान केन्द्रमा मतदाता उपस्थित भई लाइनबद्ध छन् । उपनिर्वाचनलाई स्वच्छ, मर्यादित ,भयरहित  र शान्तिपूर्णरुपमा समापन गर्न प्रत्यक बुंथमा प्रयाप्त शुरक्षकर्मीहरु तैनाथ छन् । जिल्लाको सुरक्षा निकाय प्रमुखको टोली पनि  पालिकामै छौं, प्रजिअ पाध्याले भने। 

 उपाध्यक्षका  लागि हुने उपनिर्वाचनका लागि  आवश्यक सुरक्षाकर्मी  तैनाथ छन् नेपाली सेना ,शसस्त्रप्रहरीवल र नेपाल प्रहरी गरी एक मतदान केन्द्रमा ६० जना सुरक्षाकर्मी तैनाथ छन् । पछिल्लो अपडेट अनुसार ३५०० मत खसेका छन् । जसमा १७६५ जना  महिलाले मतदान गरेका  छन् भने १७३५ जना  पुरुषले  मतदान गरिसकेको  शसस्त्रपह्ररीवल बाजुराका प्रमुख एवं डिएसपी श्याम रावतले जानकारी दिए ।  अहिले सम्म सान्तवातावरणम  मतदान भइरहेको छ डिएसपी  रावतले भने । 

   स्वामिकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले भने- निर्वाचनका लागि ९ वटा मतदान केन्द्र तोकिीका छन् । स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि ७ हजार चार सय  ६० मतदाता रहेका छन्।अहिले   शान्त भएर मतदान भइरहेको छ । उपाध्यक्ष पदको निर्वाचनका लागि  स्वामिकार्तिक गाउँपालिकाले आज विदा दिएको छ।   भौगोलिक विकटतालाई मध्यनजर गरी पालिका क्षेत्रमा यातायात सेवाभने सुचारु छन् र उपाध्यक्ष आफ्नो पक्षमा पार्न नेपाली काँग्रेस र नेकपा  एमाले  नेकपा समाजवादीका  जिल्ला तथा केन्द्र स्तरका नेता   तिन सातदेखि  देखि स्वामिकार्तिक खापर गाउँपालिकामा  केन्द्रित छन् । मुख्य प्रतिश्पर्धा सत्तारुढ दलका सहयात्री काँग्रेस एमाले वीचनै हुने देखिन्छ । 

 सो गाउँपालिकामा उपाध्यक्ष पदका लागि तीन  महिला प्रतिस्पर्धामा छन् नेपाली कांग्रेसबाट  पुल्तीसरा शाही, नेकपा एमालेबाट सुलोचना कुमारी भण्डारी र नेकपा समाजवादीबाट जवा शाही चुनावी मैदानमा छन् ।  नेकपा माओवादी केन्द्रले भने आफ्नो उम्मेदवारी फिर्ता लिएको छ । २०६४ सालको निर्वाचनमा  बाजुरामा १३ हजार मत प्राप्त गरेको नेकपा माओवादी केन्द्रले स्वामिकार्तिक खापर गाउँपालिकाको उपनिर्वाचनमा भने उम्मेदवारी फेर्ता गर्ने अवस्थामा देखिएको छ । चुनावमा पालिका स्तरका माओवादी नेताले एमालेको उम्मेदवारलाई सर्पोट गर्ने जनाएका छन् भने जिल्ला र प्रदेशले नेकपा समाजवादीलाई सर्पोट गर्ने गरी विज्ञप्ति  जारी गरेको छ । 

 २०७९को निर्वाचनमा प्रदेश क का माओवादी उम्मेदवार केशव विकलाई समाजवादीले धोका दिएको आरोप छ भने उता पालिका स्तरका नेताले भने आगामी ०८४को निर्वाचनमा एमालेले माओवादी केन्द्रलाई उपाध्यक्ष  दिने प्रलोभन देखाएपछि स्थानीय माओवादी नेताले एमालेसँग तालमेल गरेका हुन् । नेताले तालमेल गरेर केही हुंदैन स्वतन्त्र मतदान गर्न पाए जनताले आफ्नो जनप्रतिनीधि आफै छान्ने छन् । यहाँ त  भोटै हाल्न पाइँदैन र  र चिन्ता लाग्छ जुकोटका एक मतदाताले भने । एमाले आफ्नो  पुरानो लालकिल्ला ब्युताउने खेलमा देखिएको छ भने नेपाली काँग्रेस २०७९को  निर्वाचन परिणामको वर्चस्व कायमै राख्ने रणनीतिमा देखिन्छ । 

     सम्भवतः  नौ वटै केन्द्रबाट आजै मतपेटिका सङ्कलन गरी आइतबार बेलुकी सम्म मतपरिणम आइसक्ने छ प्रजिअ पाध्याले भने।