काठमाडौँ।
आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको निमित्त महानिर्देशकको जिम्मेवारी डा. श्यामबाबु यादवले पाएका छन् । त्यहाँ महानिर्देशक रहेका डा प्रदीप केसीलाई सिंहदरबार बैद्यखानाको पूर्ण जिम्मेवारी दिएपछि रिक्त महानिर्देशक पदमा निमित्तको रुपमा डा. यादवलाई दिइएको हो ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले आइतबार (हिजो) मन्त्रीस्तरीय निर्णय गर्दै बरिष्ठ कन्सलटेन्ट आयुर्वेद विज्ञ (अधिकृत दशौँ तह) डा. यादवलाई आर्थिक तथा प्रशासनिक अधिकार सहितको निमित्त महानिर्देशक बनाएका हुन् । उनी यसअघि सोही विभागमा दोस्रो बरिष्ठ कर्मचारीको रुपमा कार्यरत थिए ।
विभागको महानिर्देशक पद भने एघारौँ तहको हो ।











प्रतिक्रिया