म्याग्दीमा बस दुर्घटना हुँदा ४ जना घाइते 


म्ग्यादी। 

बेनी-जोमसोम-कोरला सडकखण्ड अन्तर्गत गलेश्वर नजिकै ठुलोपहिरोमा बस दुर्घटना हुँदा ४ जना घाइते भएका छन् । म्याग्दी सदरमुकाम बेनीदेखि दानातर्फ जाँदै गरेको ना ५ ख २८९८ नम्बरको यात्रुवाहक बस अघि साँझ ५:३० बजे पिच सडकमा  दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

प्रहरीका अनुसार  घाइतेको उद्धार गरी बेनी अस्पताल लगेर उपचार सुरु गरिएको छ । दुर्घटनाबारे थप विवरण भने आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन रायमाझीले बताए  ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।