स्वास्थ्य पत्रकार मञ्चको साधारण सभा सम्पन्न

282
Shares

काठमाडौं ।

स्वास्थ्य पत्रकार मञ्च नेपालको नवौँ साधारण सभा सम्पन्न भएको छ। बुधबार राजधानीमा भएको सभालेले महासचिव सञ्चिता खनालले प्रस्तुत गरेको साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्ष तुलसा घिमिरेले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ।

उपाध्यक्ष अर्जुन अधिकारीले स्वागत मन्तव्य दिएपछि सुरु भएको सभामा अध्यक्ष सरोज ढुङ्गेलले पछिल्ला एक वर्षमा गरेका काम, आगामी योजनाका बारेमा बताएका थिए। साधारण सभामा निवर्तमान अध्यक्ष रामप्रसाद न्यौपाने, पूर्व अध्यक्ष कल्पना आचार्य, सल्लाहकारहरू भगवती तिमल्सिना, उद्धवराज भेट्वाल, जगन्नाथ ढकाल, बुद्धि कटेल लगायतले शुभकामना दिएका दिएका थिए।

यस्तै सभाले वरिष्ठ उपाध्यक्ष भिषा काफ्लेको संयोजकत्वमा तीन सदस्यीय विधान मस्यौदा कार्यान्वयन समिति गठन गर्ने निर्णय गरेको छ। स्वास्थ्यमा विटमा क्रियाशील पत्रकारहरूको हक हित र अधिकारका लागि सङ्गठित हुने उद्देश्यका साथ विसं २०७१ सालमा स्थापित मञ्चको अहिले सङ्घ तथा प्रदेश तहमा नेटवर्क विस्तार भएको छ।

Skip This